Photo of Milford Sound in New Zealand

काठमाडौं महानगरपालिकाको मेयरका लागि कांग्रेसका उम्मेद्वार राजुबाबु जोशीले अहिको मत परिणाम प्रारम्भिक भएको भन्दै अन्तिम मत गणनामा आफूले जित्ने पक्का भएको दाबी गरेका छन्। मंगलबार सेतोपाटीसँग कुरा गर्दै उनले अहिलेसम्म मतगणना भएका वडा आफ्नो पार्टीको कम प्रभाव भएका ठाँउ भएको बताए। ‘शहरका भित्री बस्तीका मत गन्न थालेपछि मेरो जित सुनिश्चित हुन्छ,’ उनले भने।

उनले अहिलेसम्म मत गणना भइरहेका वडा एमाले र राप्रपाको राम्रो मत आउने क्षेत्र भएको बताए।

‘वडा नम्बर एकमा बरू एमालेको धेरै मत आउनुपर्ने हो,’ उनले भने ‘यो वडामा त नयाँ पार्टीहरुले कांग्रेस भन्दा एमालेको भोट धेरै काटे जस्तो लाग्यो।’

यद्दपी विवेकशील र साझा पार्टीका उम्मेद्वारले कांग्रेस र एमालेको यति धेरै मत काट्लान भन्ने आफूले नसोचेको उनले बताए।

मतदाताले उनीहरुलाई दिएको मत ठूला पार्टीहरुका लागि सोचनीय भएको उनले बताए।

‘दलहरूको कार्यशैली प्रतिको गुनासो मतदाताले भोटमार्फत व्यक्त गरेका हुन् भन्नेमा त कुनै शंका रहेन,’ उनले भने, ‘उनीहरुले हाम्रो यत्रो भोट काट्लान् भन्ने मैले सोचेको थिइनँ। मैले मात्रै हैन अरू दलका साथीहरूले पनि सोच्नु भएको थिएन होला।’

अहिले काठमाडौंका वडा नम्बर १, २ र ३२ मा मतगणना भइरहेको छ।

‘मलाई धेरै भोट आउने भित्री बस्तिमा उत्साहजनक मत खसेको छ,’ उनले भने, ‘यो क्षेत्रमा नयाँ दलहरुले धेरै भोट काट्दैनन् पनि।’

यसअघिको संविधान सभा चुनावमा उनका भाइ नविन्द्रराज जोशीले पनि यही क्षेत्रमा जितेका थिए।

भित्री बस्तीका १५ वटा मध्ये ५ वटा वडामा मात्र आफ्नो प्रभाव कम भएको उनले बताए।

‘वडा नम्बर १८,२१,२४,२५ मा भने मेरो मत कम आउने छ, यो विद्या सुन्दरजीको प्रभाव राम्रो छ,’ उनले भने।

यी वडा बाहेकका भित्री बस्ति र वडा नम्बर ६,७,८,९ लगायत अन्य वडामा राम्रो मत ल्याउने उनले दावी गरे।

संसदीय निर्वाचन क्षेत्र नम्बर १ कै चार वटा वडा मा कांग्रेसलाई राम्रो मत आउनेमा उनी ढुक्क छन्। यो कांग्रेस नेता प्रकाशमान श्रेष्ठले लगातार दुई पटक चुनाव जितेको क्षेत्र हो।

२०७० सालको संविधान सभा चुनावमा काठमाडौंमा कांग्रेसले धेरै वटा क्षेत्रमा जितेको थियो।

काठमाडौं महानगरपालिकामा जम्मा मतदाता २ लाख ७१ हजार दुई सय २१ छन्। ती मध्ये स्थानीय तहको निर्वाचनमा जम्मा १ लाख ९६ हजारले मत हालेका थिए। यो जम्मा मतदाताको ७३ प्रतिशत हो। अन्य महानगरको तुलनामा यहाँ निकै कम मत खसेको निर्वाचन आयोगले जनाएको छ।
setopati.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rn23Bd
via IFTTT
16 May 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top