नायिका सुष्मिता सेनले मिस युनिभर्सको उपाधी जितेको २३ बर्ष भयो । हाईटको कारणले फिल्ममा हिरोसँग जोडी मिलाउन कठिन हुने नायिकाको सुचीमा उनको नाम अग्रस्थानमा आउँछ । उसो त अहिले बलिउडमा प्रायजसो लामो कदका नायिकाहरु धेरै छन्, जसमा दीपिका पादुकोण, सोनम कपूर, कट्रिना कैफ, अनुष्का शर्मा जस्ता हिरोईनहरु सबैभन्दा अगाडी छन् ।
तर १९९० देखी २००० को दशकमा आएका धेरैजसो लामो कद भएका हिरोईनहरुलाई काम पाउनको लागी एकदमै गाह्रो हुन्थ्यो किनकी उनीहरुको हाईट उनको को–स्टार (हिरो)को हाईटभन्दा कम हुन्थे । यस्ता लामा कद भएका हिरोईनको बारेमा आज हामी जानकारी दिन गईरहेका छौँ ।
सुष्मिता सेन (५.९५ फीट)
मिस युनिभर्स भएकी सुष्मिता आफैले भनेकी छिन्, ‘मेने प्यार क्योे किया’ फिल्मको सुटिङको समयमा सलमान खान(५.७) भन्दा बढि हाईट भएको कारण उनलाई धेरै दुःख भएको थियो । हाईटको कारणले पनि उनलाई थोरै फिल्महरुको मात्र अफर आउँथ्यो ।
पुजा बत्रा (५.९ फीट)
‘बिरासत’ फिल्मबाट चर्चामा आएकी नायिका पुजा बत्राले भनेकी थिईन, धेरै हाईट भएकैले उनको साथमा कोहिपनि हिरो काम गर्नको लागी तयार हुदैनथेँ । उनलाई पनि हाईट धेरै भएर केहि मात्र फिल्महरु मात्र गर्ने अवसर जुरेको थियो ।
शिल्पा शेट्टी (५.८५ फीट)
शिल्पा शेट्टी आज बलिउडको ग्ल्यामर मम्मी भएपनि उनको करिअरको सुरुवाती दिनहरुमा उनको गन्ती कहिल्यै पनि बलिउडको टप नायिकाहरुको सुचीमा पर्दैनथ्यो । यसको कारण थियो उनको हाईट । त्यो समयमा शाहरुख, सलमान र गोबिन्दा जस्ता टप नायकको हाईट उनको हाईटभन्दा कम थियो ।
सोनाली बेन्द्रे (५.८ फीट)
बिहेपछि फिल्मबाट टाढै रहेकी नायिका सोनली पनि यो कुरा मान्छिन् कि धेरै हाईट र पातलो कम्मरको कारण नै उनलाई फिल्म मिल्दैनथ्यो । सोनालीको करिअर धेरै बर्ष चलेपनि बलिउडको टप हिरोईनमा उनको पनि नाम कहिल्यै आएन । सोनाली अहिले फिल्म उद्योगमा छैनन् ।
युक्ता मुखी (६.१ फीट)
केहि साउथको फिल्महरु गरेर युक्ताले जम्मा ६ वटा फिल्महरु खेलेकी छिन् । उनको हाईटले उनलाई मिस वल्र्ड जिताए पनि त्यहि कारणले उनको फिल्मी करिअर भने डामाडोल भयो ।
दीपान्निता शर्मा (५.९ फीट)
मोडलबाट नायिका बनेकी दीपान्निता शर्माको खातामा सफल फिल्म एउटामात्र ‘१६ डिसेम्बर’ छ । उनले आफ्नो करिअरमा जम्मा ८ वटा फिल्ममा काम गरिन् । जसमध्ये कुनैमा पनि उनको लिड रोल छैन । सायद हाईट धेरै भएको कारणलेनै उनको जोडी कुनै पनि हिरोसँग जम्न पाएन । gazzabkoonline
from SHYANE http://ift.tt/2rHmVmC
via IFTTT
0 comments:
Post a Comment