Photo of Milford Sound in New Zealand

बैशाख ११ । इन्डियन प्रिमियर लिग क्रिकेट ‘आईपीएल’अन्तर्गत आइतबार राती भएका खेलमा कोलकाता नाईट राईडर्स र किङ्स ईलेभेन पञ्जाव विजयी भएका छन् ।


आफ्नै मैदान ईडन गार्डनमा भएको खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८२ रनले हरायो ।
खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले १९ ओभर ३ बलमा अलआउट हुनुपूर्व १ सय ३१ रन जोड्यो । कोलकाताका सुनिल नारेनले ३४ रन जोडे ।
जवाफमा १ सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको बैंग्लोरले ९ दशमलव ४ ओभरमा अलआउट हुनुपुर्व ४९ रन मात्रै बनाउन सक्यो ।
बैंग्लोरका कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । बैंग्लोरको ईनिङ ध्वस्त पार्ने क्रममा कोलकाताका नाथन कुल्टर नाईल, क्रिश वोक्स र कोलिन डे ग्रानहोमले तीन तीन विकेट लिए ।
आइतबार नै भएको पहिलो खेलमा किङ्स ईलेभेन पञ्जावले गुजरात लायन्सलाई २६ रनले हराएको छ ।
खेलमा पहिले व्याटिङ गरेको पञ्जावले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनायो । पञ्जावका हसिम अमलाले ६५ रन जोडे ।
जवाफमा १ सय ८९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन मात्रै बनाउन सक्यो । गुजरातका दिनेश कार्तिकले अविजित ५८ रन जोडे ।


from ARENA http://ift.tt/2pbwiMO
via IFTTT
23 Apr 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top