फागुन २३. इटहरी,
निर्माता सुनिल रावलले आफ्नो नयाँ चलचित्र ‘लाउरे’ मा तेस्रोलिंगी मोडल अञ्जली लामालाई अनुबन्द गरेका छन् । ‘लक्मे फेसन विक’ मा पुगेर विश्वकै पहिलो तेस्रोलिंगी बनेर इतिहास रचेकी लामालाई निर्माता रावलले आफ्नो चलचित्र मार्फत डेब्यु गराउन लागेका हुन् ।
“केही समय अगाडिबाट उनीसँग मेरो कुरा भइरहेको थियो,” रावलले भने,“भर्खरै पक्का भयो । उनी इन्डियामै रहेकाले लिखित सम्झौता नभएपनि मौखिक सम्झौता भने भयो । अब उनले मेरो चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्नेछिन् ।” ‘लक्मे फेसन विक’ मा नेपाल मात्र नभइ भारत तथा अन्य देशका समलिंगी तथा तेस्रोलिंगी समेत आजसम्म पुग्न सकेका थिएनन् । ‘लक्मे फेसन विक’ विश्वकै मोडलका लागि सपना हुने गरेको छ । नयाँ तर क्षमतावान अनुहारलाई आफ्नो चलचित्रमा डेब्यु गराउँदै आएका रावलले ‘लाउरे’ मा गायक नरेन लिम्बुलाई मुख्य भूमिकामा अनुबन्द गरिसकेका छन् । लिम्बुको अपोजिटमा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ छिन् । अञ्जलीको भूमिका ‘लाउरे’ मा के हुनेछ ? “अञ्जलीको भूमिका श्रृष्टिसँग समानान्तर हुनेछ, लिड रोलमा नै उनले अभिनय गर्नेछिन्,” रावलले भने, “उनले स्क्रिप्ट हेरेर नै ओके गरेकी हुन् ।”
को हुन् अञ्जली ?
३२ वर्षे अञ्जली नुवाकोटका जन्मिएकी हुन् । छोरोको रुपमा जन्मिएकी अञ्जलीको नाम उनका वुवा आमाले नवीन वाइवा राखिदिएका थिए । केटीको जस्तो व्यवाहार देखाउने उनलाई विद्यालय तथा काममा समेत छोरीको जस्तो स्वाभाव भन्दै जिस्काउने गर्थे । आफू तेस्रोलिंगी भएको थाहा पाएपछि उनले ‘क्रस ड्रेस’ गर्न सुरु गरेकी थिइन् । सुरुमा परिवारले नै उनको पहिचानलाई अस्वीकार गरेपनि विस्तारै स्वाकारेको थियो । उनले केही वर्षअगाडि मात्रै ब्रेष्ट सर्जरी गरेकी थिइन् । उनको बारेमा ३५ मिनेट लामो डकुमेन्ट्री ‘अञ्जली’ समेत बनिसकेको छ । ‘अञ्जली’ को प्रिमियरमा उनले भनेकी थिइन्, “परिवारको माया, सम्झना आउँछ, जान मन लाग्छ तर खुलेर बोल्दैनन् र म देखि खुसी छन् जस्तो लाग्दैन त्यसैले उनीहरुकै खुसीका लागि म घर जान्न ।”
नरेन, श्रृष्टि र अञ्जलीसँगै चलचित्रमा विक्रम सिंह, मेरुना मगर लगायतका कलाकारको अभिनय देख्न पाइनेछ । दुर्गिश फिल्म्सको व्यानरमा बन्न लागेको चलचित्र ‘लाउरे’ लाई निगम श्रेष्ठले निर्देशन गर्नेछन् । आलोक शुक्लाको छायांकन रहने लाउरेमा जेशन कुँवर (नाइट व्यान्ड) को संगीत रहने रावलले जानकारी दिएका छन् । चलचित्र चैत १५ देखी काठमाडौं, धरान र दार्जिलिङमा छायांकन हुनेछ । चलचित्र निर्माणमा रावललाई सुवास लामिछाने, ईश्वर श्रेष्ठ र तुफान गौचनल भेषमणि श्रेष्ठ सघाउने छन् । ‘सायद’, ‘होस्टल’, र ‘होस्टल रिटन्र्स’ निर्माता रावालले निर्माण गरेका चलचित्र हुन् । रावल अहिले ‘सायद–२’ रिलिजको तयारीमा रहेका छन् l
via IFTTT
from SHYANE http://ift.tt/2mL9Aur
via IFTTT
0 comments:
Post a Comment