Photo of Milford Sound in New Zealand

फागुन २६ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् नेपालविरुद्ध दुईओटा एकदिवसीय खेल खेल्न केन्याको राष्ट्रिय टोली विहीबार (आज) राति नेपाल आउँदै छ ।

च्यम्पियनसिपअन्तर्गत् आगामी शनिबार र सोमबार नेपालसँग दुईओटा एकदिवसीय खेल खेल्न केन्याको टोली विहीबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।
नेपालसँगको खेलका लागि अभ्यासकाक्रममा भारतमा रहेको केन्या त्यहीँबाट काठमाडौं आउन लागेको हो ।
८ राष्ट्र सहभागी प्रतियोगितामा ८ खेल खेल्दै ४ मा जित र ४ मा हार व्यहोरेको केन्या ८ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । समान खेल खेलेको नेपाल अंकतालिकामा ६ अंकसहित छैटौं स्थानमा छ ।
प्रतियोगिताको शीर्ष चार स्थानमा अटाउने टोलीले आगामी एकदिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा स्थान बनाउनेछन् ।
नेपाल र केन्या दुबै टोलीलाइ अंकतालिकाको शीर्ष चार स्थानमा अटाउन खेल जित्नैपर्ने दबाब छ ।


from ARENA http://ift.tt/2mpckuy
via IFTTT
09 Mar 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top