Photo of Milford Sound in New Zealand

क्रिस्टियानो रोनाल्डो स्पेनिस ला लिगामा पेनाल्टीमार्फत सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
भिल्लेरियालविरुद्धको खेलमा १२ यार्डबाट ५७ औँ पटक गोल गर्दै रियल म्याड्रिडका स्टार रोनाल्डोले उक्त किर्तिमान बनाएका हुन् ।
गत जनवरी १५ मा सेभियाविरुद्ध २–१ को पराजयमा पेनाल्टीमार्फत गोल गर्दै म्याड्रिडका लिजेन्ड ह्युगो सान्चेजको ५६ गोलको किर्तिमानलाई बराबरी गरेका थिए ।

तर, आइतबार भएको खेलमा टोनी क्रुसले प्रहार गरेको बललाई विपक्षी खेलाडीले हातले छोएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै रोनाल्डोले उक्त किर्तिमान आफ्नो नाममा पारेका हुन् ।
उनको पेनाल्टीको मद्दतले रियलले खेल २–२ को स्थितिमा पुर्याएको थियो ।
बार्सिलोनाका सुपरस्टार लियोनेल मेस्सी ४३ गोलसहित पाँचौँ स्थानमा रहेका छन् । उनीअघि लुबोस्लाभ पेनेभ (४४) र रोनाल्ड कोमान (४५) रहेका छन् ।
रोनाल्डोले यस सिजन ला लिगामा १६ गोल गरिसकेका छन् ।


from ARENA http://ift.tt/2mr7xvB
via IFTTT
28 Feb 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top