Photo of Milford Sound in New Zealand

फागुन ४ । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले पाथीभरा भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।


जिल्ला भलिबल संघ ताप्लेजुङको आयोजनामा मंगलबार देखि फुङ्लिङमा सुरु भएकोे प्रतियोगिताको उद्घाटन खेलमा आर्मी क्लबले २५–१०, २५–१७ र २५–१० को सोझो सेटमा मध्यमाञ्चल भलिबल टिमलाई पराजित गरेको हो ।
मंगलबारै भएको दोस्रो खेलमा पुलिस क्लबले पूर्वाञ्चल भलिबल टिमलाई २५–१८, २५–१३ र २५–१४ को सोझो सेटमा हरायो ।
‘राउन्ड रोबिन’को आधारमा खेलाइने प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्र प्रहरीका साथै दुई क्षेत्रीय टोली मध्यमाञ्चल र पूर्वाञ्चलको सहभागिता रहेको छ ।
प्रतियोगिताअन्तर्गत् बुधबार पुलिस र सशस्त्र प्रहरी तथा दोस्रो खेलमा पूर्वाञ्चल र मध्यमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टिमले ३ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउने छ ।


from ARENA http://ift.tt/2kHZ3eZ
via IFTTT
14 Feb 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top