माघ २३, इटहरी,
वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरी भएको शिशु तीन दिनपछि भेटिएको छ । वीरगन्ज उपमहानगरपालिका १ छपकैयाकी आशादेवी र मुकेश पासवानको बच्चा अस्पतालको शय्याबाटै गत शुक्रबार चोरी भएको थियो ।
उक्त बच्चा पर्साको बेल्वा ९ की लालसादेवी साहको साथबाट फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि लालसादेवीलाई पक्राउ गरेको छ । बिहे गरेको पाँच वर्षसम्म पनि बच्चा नजन्मिएपछि लालसादेवीले नारायणी उपक्षेत्रीय अस्पतालबाट शिशु चोरेको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरी थप जानकारी दिएको हो ।
श्रोत : एरिना टि भी
थप जानकारी तलको भिडियोमा हेर्न सक्नुहुन्छ :
via IFTTT
from SHYANE http://ift.tt/2kanCRu
via IFTTT
0 comments:
Post a Comment