Photo of Milford Sound in New Zealand

फागुन १ । दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको टिमले सृजना आमन्त्रण अन्तर्राष्ट्रिय महिला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् ।

शनिबार पोखरा रंगशालाको भलिबल कोर्टमा भएको फाइनल खेलमा आर्मीले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराएर पुरुषतर्फ र सशस्त्र प्रहरीले पनि ३–१ कै सेटमा न्यू डायमन्ड एकेडेमीलाई पराजित गर्दै महिलातर्फको उपाधि हात पारेका हुन् ।
उपाधि पारेसँगै दुबैतर्फका विजेताले १ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
प्रतियोगितामा पुरुषतर्फ आर्मीका धनबहादुर भट्ट र महिलातर्फ सशस्त्रकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी चुनिएका छन् ।


from ARENA http://ift.tt/2kUUkaI
via IFTTT
11 Feb 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top