Photo of Milford Sound in New Zealand

फागुन १० । संकटा क्लब धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार क्वार्टरफाइनलमा सशस्त्र प्रहरीको टिमलाई १–० ले पराजित गर्दै संकटाले अन्तिम चारमा ठाउँ पक्का गरेको हो । संकटालाई जिताउन राज पौडेलले निर्णायक गोल गरे ।
संकटाले अब सेमिफाइलमा रुपन्देही–११ सँग बुधबार खेल्नेछ । रुपन्देहीले क्वार्टरफाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गरेको थियो ।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा मंगलबार नेपाल पुलिस क्लब र भारतको सिक्किम युनाइटेड फुटबल क्लब भिड्नेछन् ।
पुलिसले प्रिक्वार्टरफाइनलमा धरान ‘पहेंलो’लाई हराएको थियो भने सिक्किमले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको हो ।


from ARENA http://ift.tt/2lFONYi
via IFTTT
20 Feb 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top