Photo of Milford Sound in New Zealand

फागुन ९ । शिर्ष क्लवहरु म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर एफ.ए कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार राती भएको खेलमा ब्ल्याकबर्न रोभर्सलाई २-१ ले हराउँदै म्यान्चेस्टर युनाईटेड क्वाटरफाइनलमा पुगेको हो ।
खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्ड र ज्लातन ईब्राहिमोभिचले १-१ गोल गरे ।
ब्ल्याकबर्नका ड्यानी ग्राहमले एक गोल गरेका थिए । जीतसँगै म्यान्चेस्टर युनाईटेडले अर्को दावेदार टोली चेल्सीसँग क्वाटरफाईनल भिडन्त तय गरेको छ ।
एफए कप अन्तर्गतको अर्को खेलमा टोटनह्याम हट्सपरले फुल्हमलाई ३-० ले हरायो ।
खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले ह्याट्रिक गरेका थिए । टोटनह्यामले अब क्वाटरफाइनलमा मिलवालसँग खेल्नेछ ।


from ARENA http://ift.tt/2mcZluO
via IFTTT
19 Feb 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top