Photo of Milford Sound in New Zealand

माघ १९, काठमाडौं, 
‘अर्काकी छोरीको इज्जतसँग खेलबाड गर्नेले आफ्ना पनि छोरी चेली छन् भन्ने बिर्सनुहुँदैन !’ ठीक यही कुरा लागू भएको छ, गायक प्रकाश ओझाको जीवनमा । सर्वोच्च अदालतले दुई साताअघि १० वर्षको कैद तोक्नुअघि पाटन उच्च अदालतले उनलाई पुरानो कैदबाट बाँकी रहेको ६ महिनाको कैद भुक्तान गर्न आदेश दिएको थियो, आठ महिना पहिल्यै । यस्तो हुँदा अभियुक्त आफैं अदालत उपस्थित भएमा उसले निश्चित प्रतिशत कैद मिनाहा पाउने व्यवस्था छ । तर, यो कुरा जान्दाजान्दै पनि उपस्थित हुन नसक्ने बाध्यतामा थिए । कारण हो, छोरीको विवाह । त्यसै पनि ‘प्रकाश ओझाकी छोरी’ भनेर विगत १० वर्षदेखि यातनापूर्ण जीवन बिताइरहेका विचरीहरु जसोतसो यो समाजमा हुर्किए, पढे, बढे । इटहरी होस् या काठमाडौं, जहाँ पुगे पनि बाबुको बद्नामीको दाग निर्दोष छोरी चेलीमाथि खनिइरह्यो । काठमाडौंबाट प्लस टु सिध्याएकी ठूली छोरी केही वर्षअघि एजुकेशन कन्सल्टेन्सीको मद्दतमा अमेरिका पुगिन् । गएको दसैंअघि छोरीले उतै बस्ने एकजना नेपालीसँग विवाहको निधो गरिन् । भदौमा टीकाटालो भयो । सप्तमीका दिन कन्यादान दिने गरी अमेरिकामै विवाह कार्यक्रम तय भयो । पत्नीको साथ लागेर प्रकाश महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगे । दूतावासले प्रकाशलाई ‘सरी’ भनेर फर्काइदियो । पत्नीको भने भिसा लाग्यो, गइन् । दूतावासले नेपालमा फौजदारी अभियोग झेलिरहेको व्यक्ति भएका कारण उनलाई भिसा दिएन । 
Monetize your website traffic with yX Mediaहिन्दू संस्कारमा एउटा जीवित बाबुले छोरीको कन्यादान गर्नु अनिवार्य दायित्व मानिन्छ । प्रकाश पनि छोरीको विधिपूर्वक कम्यादान गर्न चाहन्थे, तर पाप करायो पहिलाको । उतिबेलै मेरा पनि दुई छोरी छन्, तिनको इज्जत सम्मानका खातिर पनि मैले अर्काकी छोरीमाथि अनुचित व्यवहार गर्नुहुँदैन भन्ने कुरा सम्झिएनन् । बरु, दसैंको मुखमा जनआस्था साप्ताहिकको सम्पर्कमा आएका उनले बर्बर आँसु पार्दै भने, ‘म आफैं जेल जान्छु, तर छोरीको विवाहपछि । ’उनलाई डर थियो, उच्च अदालतको आदेशबारे समाचार लेखिएला भन्ने । ‘केही गरी अहिले यस्तो कुरा आइदियो भने अर्काको घरमा अन्मिएर जान लागेकी छोरीलाई के भन्लान् रु’ भन्दै फेरि रुन थाले । ठूली छोरीको विवाह भयो । तर, प्रकाश अदालतमा उपस्थित भएनन् । बरु, गीत रेकर्डिङ गर्दै, नयाँ नयाँ ‘जेसिका’ खोज्दै बाहिरै रमाए । ‘किन यस्तो गरेको रु’ भनी सोध्ने साथीहरुलाई जवाफ थियो, ‘अब दुईचार महिनामा अर्की छोरीको विवाह गरिदिन्छु, अनि जान्छु १’ तर, सर्वोच्च अदालतले अर्की छोरीको साइत पर्खिएन । जनआस्था साप्ताहिकमा खबर छ ।
हेर्नुस भिडियो :





via IFTTT

from SHYANE http://ift.tt/2jXcnht
via IFTTT
01 Feb 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top