Photo of Milford Sound in New Zealand

माघ ६। स्पेनिस  रियल मड्रिडले लगातार दोस्रो हार व्यहोरेको छ । कोपा डेल रेको क्वार्टरफाइनलको पहिलो लेगमा सेल्टाभिगाले रियल मड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
४० खेलमा अपराजित स्पेनिस रेकर्ड बनाएको रियल ला लिगामा सेभिल्लासँग पराजित भएको थियो ।बुधबार राति रियल मड्रिडको घरेलु मैदानमा भएको खेलमा सेल्टाभिगोले ६४ औं मिनेटमा इयागो स्पासको गोलबाट अग्रता लिएको थियो । ६९ औं मिनेटमा मार्सेलोले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । तर, एक मिनेट लगतै कास्ट्रो ओटोले गोल गर्दै सेल्टाभिगोलाई २-१ को अग्रता दिलाए ।
खेल सकिन ८ मिनेट बाँकी छँदा रियलले बराबरी गोल गर्ने मौका पाएको थियो । तर, उसका स्ट्राइकर करिम बेन्जिमाको प्रहार क्रसबारमा लाग्यो ।


from ARENA http://ift.tt/2jA4Cih
via IFTTT
18 Jan 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top