Photo of Milford Sound in New Zealand

माघ ४ । आयोजक सहारा क्लबले १५औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ ।मंगलबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा सहाराले सुदूरपश्चिम–११ स्पोर्टिङ क्लबलाई ४–० ले हराउँदै क्वार्टरफाइनलमा ठाउँ बनाएको हो ।

एकतर्फी खेल खेलेको सहाराका लागि मार्टिन्सले २ तथा पिटर र रिचर्ड पुनले एक–एक गोल गरे ।
विजयी सहाराले क्वार्टरफाइनलमा युनाइटेड सिक्किम, भारतसँग खेल्नेछ ।
युनाइटेड सिक्किम, बंगलादेशी क्लब, त्रिभुवन आर्मी र मनाङ–मर्स्याङ्दीले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएका हुन् ।
प्रतियोगिताको दोस्रो खेलमा बुधबार सशस्त्र प्रहरी र धरान फुटबल क्लब खेल्नेछन् ।
१२ टिम सहभागी प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक तथा उपविजेताले दुई लाख ५१ हजार एक रुपैयाँ पुरस्कार जित्नेछन् ।


from ARENA http://ift.tt/2k2DDfY
via IFTTT
17 Jan 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top