Photo of Milford Sound in New Zealand

माघ १ । प्रथम सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधिका लागि काठमडाौंका दुई क्लवहरु मनाङ मर्स्याङ्दी र संकटाबीच प्रतिस्पर्धा हुनेछ भएको छ ।
आज भएको दोस्रो सेमिफाइनलमा आयोजक सुदूरपश्चिम-११ लाई एक शून्यले पराजित गर्दै संकटाले उपाधिका लागि मनाङसँगको भेट पक्का गरेको हो । भारतीय टोली दिल्ली युनाइटेडलाई हराउँदै मनाङ हिजो फाइनलमा पुगेको थियो । फाइनल आज सनिबार हुदैछ ।
शुक्रबार सम्पन्न कैलालीको धनगढी क्षेत्रीय रंगशालामा खेलको १६ औं मिनेटमा डि बक्स नजिकै पाएको फ्री  किकको सदुपयोग गर्दै अनिल तामाङले गरेको गरेको गोल संकटाको जितमा निणर्ायक बन्यो ।
पूरै खेल आफ्नो नियन्त्रणमा राखेर पनि घरेलु टोलीले गोल गर्न नसक्दा नतिजा सुम्पन बाध्य भयो ।
खेलको म्यान अफ द म्याच चुनिएका संकटाका गोल रक्षक टिकेन्द्र थापाले सुदूरपश्चिम-११ का थुप्रै प्रहार बिफल बनाएका थिए ।
जितपछि संकटाका प्रशिक्षक सल्यान थापाले खेलमा केहि खेलाडी घाइते भएका कारण दवावमा खेल्नु परेको स्विकार गर्दै फाइनल जित्नका लागि आफूहरु तयार रहेको प्रतिकृया दिए ।


from ARENA http://ift.tt/2jgD8OA
via IFTTT
13 Jan 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top