Photo of Milford Sound in New Zealand

 पुस । लिओनल मेस्सी प्रेरित बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा स्पानियोललाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ४–१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १८ औं मिनेटमा नै स्वरेजको गोलबाट अग्रता लिएको थियो । बाँकी गोलका लागि भने दोस्रो हाफ नै कुर्नु पर्यो ।
६७ औं मिनेटमा स्वरेजले नै गोल गरे भने एक मिनेटपछि नै अल्बाले गोल गरे । दुबै गोलका लागि मेस्सीले पास दिएका थिए । उनले स्पानियोलका चार डिफेण्डरलाई छल्दै उत्कृष्ट पास दिएका हुन् ।
भ्रमणकारी टोली स्पानियोलका लागि लोपेज सिल्भाले ७९ औं मिनेटमा गोल गरे । तर, ९० औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ४–१ के जित दिलाएका छन् ।
जितसँगै बार्सिलोना १६ खेलबाट ३४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको रियल मड्रिडको ३७ अंक छ र उसले एक खेल कम खेलेको छ ।


from ARENA http://ift.tt/2hgHktq
via IFTTT
18 Dec 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top