Photo of Milford Sound in New Zealand

६  पुस। पाँच पटककी ग्राण्डस्लाम च्याम्पियन टेनिस सुन्दरी पेट्रा भिटोभामाथि उनकै घरमा छुरा प्रहार भएको छ । उनी घाइते भएकी छन् ।
दुई पटक विम्बल्डनसहित पाँच ग्राण्डस्लाम जितेकी २६ बर्षीया भिटोभामाथि चेक रिपब्लिकस्थित आफ्नै घरमा छुरा प्रहार भएको थियो ।
छुरा प्रहारबाट उनको देब्रे हातमा चोट लागेको छ । उनी खतरामुक्त रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भिटोभाका प्रवक्ता क्यारेल तेजकालका अनुसार उनको घरमा पसेको चोरले छुरा प्रहार गरेको जानकारी दिएका छन् । क्यारेलका अनुसार उनीमाथिको आक्रमण नियोजित नभएर संयोग हो ।
बायाँ हाते टेनिस स्टार भिटोभा विश्व बरियतामा एघारौं स्थानमा छिन् । उनले २०१२ मा अष्ट्रेलिया अोपन र फ्रेञ्च अोपन, २०११ र १४ मा विम्बल्डन तथा २०१५ मा युएस अोपनको उपाधि जितेकी थिइन् ।


from ARENA http://ift.tt/2idA7KH
via IFTTT
20 Dec 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top