Photo of Milford Sound in New Zealand

मंसिर १३, इटहरी,
स्वर्गीय अभिनेता श्री कृष्ण श्रेष्ठको निधन भएको २ बर्ष भन्दा बढि भईसकेको छ l उनको सम्झनामा श्री पत्नी स्वेता खड्का बेला बेला हरेक माध्यम बाट सम्झिने गर्छिन l 
पछिल्लो समय फिल्मी दुनिया बाट व्यावसायिक जीवन तिर मोडिएकि उनले फेरी एक पटक सामाजिक संजाल फेसबुक बाट आफ्नो स्वर्गीय पति श्री कृष्ण लाई "के म तिम्रो हैन र ?" भन्दै सम्झिएकि छिन l 
श्री को नायिका श्वेता खड्कासँग २०७१ साल असार २३ गतेका दिन लगन गाँठो गाँसेका थिए । हनिमुन मनाउन भारत गएका बेला उतै प्रारम्भिक रुपमा निमोनियाले ग्रस्त भनिए पनि उनको निधन हाडको क्यान्सरले भएको हो भन्ने बताइन्छ । श्री ले आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहाँ भेटिएला, कोहिनुर अादि चलचित्रमा मुख्य अभिनय गरेका थिए। 
श्रेष्ठले विसं २०४५ सालदेखि अभिनय यात्रा सुरू गरे । ‘भूमरी’ चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेका श्रेष्ठले ‘नाता’ चलचित्रबाट नायकको रूपमा अभिनय यात्रा अघि बढाए। उनको अन्तिम चलचित्र कोहिनुर हो, यो चलचित्र मा स्वेता र श्री को जोडी लाई  देख्न सकिन्छ l



via IFTTT

from SHYANE http://ift.tt/2gAs2Qy
via IFTTT
27 Nov 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top