Photo of Milford Sound in New Zealand

७ मंसिर, इटहरी-त्रिलोचन पौड्याल,
सुनसरीको इटहरीमा डेरा गरी बस्ने एक परिवारको बिचल्ली भएको छ। सिटी सफारी चलाउने बाबु बिना जानकारी घरबाट बेपत्ता भएपछि शान्ति बिश्वकर्मा र उनका दुई नावालक छोराछोरीको बिचल्ली भएको हो ।
इटहरीमा सिटी सफारी चलाएर जीवन यापन गरिरहेका ३३बर्षीय मदन बिश्वकर्मा करिव डेढ महिनादेखी बिना जानकारी डेराबाट बेपत्ता भएपछि २५ बर्षीय शान्ति बिश्वकर्मा र उनका डेढ बर्षीया छोरी जेनिशा र ५महिनाका छोरा राजकुमारको बिचल्ली भएको हो ।
२०६९साल जेठमा बैबाहिक सम्बन्धमा बाँधीएका मदन र शान्तीका बर्षेनी सन्तान जन्मिदा झनै समस्या थियो। त्यस माथी श्रीमान एक्कासी डेराबाट बेपत्ता हुँदा आँफुलाई झनै समस्या भएको शान्तिले गुनासो गर्नुभयो ।
उहाँले श्रीमान बेपत्ता भएपछि आँफुलाई एवं छोराछोरीलाई खान लाउन समस्या भएको भन्दै बिहान बेलुका छाक टार्न समस्या भएको बताउनुहुन्छ। छेउछाउमा डेराबस्नेहरुले खाद्यान्न लगायतको सहयोग गरिरहेको बताउँदै आँफुलाई सहयोग गर्न सबै समक्ष आग्रह गर्नुभएको छ ।
शान्तीका घरपट्टिका अरु भएपनि उनिहरुलाई पनि आफ्नै परिवार पाल्न धौ धौ छ। ससुरालाई सम्पर्क गर्दा आँफुनै समस्याग्रस्त रहेकोले चाहेर पनि केहि गर्न नसकेको गुनासो गर्नुहुन्छ ।
शान्तिको माईती पक्ष भएपनि दुख पर्दा कसैको साथ नपाएको गुनासो गर्नुहुन्छ। बुबा दाजु भएपनि आँफुले साथ नपाएको शान्तिको गुनासो छ ।
तपाँई शान्ति एवं उहाँका नावालक छोराछोरीलाई सहयोग गर्न चाहनुहुन्छ भने मोवाईल नम्बर ९८०२७४९३५१मा फोन गर्न सक्नुहुनेछ ।




via IFTTT

from SHYANE http://ift.tt/2foKJ7x
via IFTTT

0 comments:

Post a Comment

add

 
Top