Photo of Milford Sound in New Zealand

असोज २१, इटहरी, 
हो, अधिकांश काठमाण्डौबासीले काठमाण्डौमा एउटा घर नहुने र १०-२० लाख पैसा बैंकमा नहुनेलाई मान्छे नै गन्दैनन् । यो सत्य हो कि हरेक युवाले धेरै सपना साँचेको हुन्छ । ति सपना उसका आफ्नै हुन् या परिवारका आखिर सपना सपना नै हुन् । उसका तिनै गह्रुंगा सपनाले उसलाई मेहनती होइन छरितो पैसा खोज्ने बनाउँदैछ । मेहनतले कमाउँदा झण्डै जीवन बित्छ तर, घर-गाडीको सपना तुहिएरै जान्छ तर चोरबाटोबाट पैसा कमाउँदा छिट्टै हात पर्न सक्छ । त्यसको अनपेक्षित नतिजा पनि त्यतिनै छिटो आउँछ जति छिटो पैसा आएको थियो । यस्तै कथामा आएको ‘जात्रा’को ट्रेलर ।
कार्तिक २६ गते रिलीज हुने यो चलचित्रमा प्रमूख पात्रहरु हुन् यसअघि ‘पशुपति प्रसाद’ नामक चलचित्रमा भष्मे डन बनेका बिपिन कार्की, सोहि चलचित्रमा हनुमानको भेषमा डुलिरहने रविन्द्रसिंह बानिया, बर्षा राउत लगायतका कलाकारहरु । ‘जात्रा’ ट्रेलरले माथी भनिएजस्तै एक सपना साकार पारिनुपर्ने ‘अल्टिमेटम’ पाएको युवाको जीवन दर्शाउँछ, जसले ससुरालीको भनाई सहनुपर्छ ।
उसले छ महिना मै काठमाण्डौमा घर ठड्याउनुपर्ने छ र उसले मेहनत होइन चोरबाटो बाट पैसा जम्मा पार्ने निधो गर्छ । प्रहरीद्वारा पक्राउ परेपछि श्रीमतीले छोड्छिन् । यहि वरपर छ ‘जात्रा ट्रेलर, जुन चलचित्र राजधानीको असन भित्रै छायांकन गरिएको छ । प्रदिप भट्टराईको लेखन-निर्देशन रहेको ‘जात्रा’लाई रबिन्द्र सिंह बानियाले बनाएका हुन् । षट्कोण आर्टस् को ब्यानरमा निर्मित चलचित्रको निर्माताहरुमा सिंगे लामा र यादव पौडेल छन् ।
                                                                                                           समाचार: ठुलोपर्दा डट कम बाट 
हेर्नुस ट्रेलर :





via IFTTT

from SHYANE http://ift.tt/2dBnskH
via IFTTT
07 Oct 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top