कात्तिक ११ । पाँचथरको फिदिममा सम्पन्न जिल्लास्तरीय नकआउट तरुण कप फुटबल २०७३ प्रतियोगिताको उपाधि फिदिमले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा आङसराङलाई १–० ले पराजित गर्दै फिदिमले उपाधि चुमेको हो ।
फिदिमको जितमा दोस्रो हाफको इन्जुरी समयमा नरेस सम्हाम्जेले निर्णायक गोल गरे ।
फाइनल खेलको ‘म्यान अफ द म्याच’ फिदिमकै सन्जु तामाङ घोषित भए ।
नेपाल तरुण दलको ६४औं स्थापना दिवसको अवसरमा तरुण दल पाँचथरले आयोजना गरेको प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३५ हजार रुपैयाँ हात पारे ।
विजेतालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेले पुरुस्कार वितरण गरेका थिए ।
from ARENA http://ift.tt/2fhJOKv
via IFTTT
0 comments:
Post a Comment