असोज १९, इटहरी,
नेपाली सांगीतिक धरातलमा झन्डै डेढ दशक पुग्न लाग्दा पनि निरन्तर रुपमा सफलता हात पार्न सफल गायकहरु मध्यका एक स्थापित गायक हुन् हिमाल सागर । बि.स.२०६० सालबाट गीति एल्बम निकाल्न शुरु गरेका गायक सागरले २०७३ मा आएर आज आफ्नो सातौँ एल्बम “अक्टुबर २४” नामक एल्बम सार्वजनिक गरेका छन् । यस अघि उनले रिलेशन, फर यू, त्यो दिन, टेल मि, कहानी र फुली जस्ता एल्बमहरु सार्वजनिक गरिसकेका छन् ।
आफ्नो जन्म दिनलाई आधार मानेर उनले सातौँ एल्बमको नामाकरण गरेका छन् । झापाको बनियानी स्थायी घर भएका हिमाल सागर अहिले देश विदेश लगायतका विभिन्न सांगीतिक कार्यक्रम हरुमा ब्यस्त हुँदै आएका छन् । उनले गाएका गीतहरुमा मेरो माया मरेपछि, मेरो मनमा आगो लाउनेको, न मैले लेंखे न उनले लेखिन, नांच तिमि आज मादलको तालमा, तीन ढिके फुली, जस्ता गीतहरुले निकै चर्चा बटुलेका थिए । तेस्तै गरि अहिलेको सातौँ एल्बममा माया कहिले मुस्कुराउने, तिम्रो रुप देखेर,एका देशको कथा भनुँ, रहरहरु थाँती राखी, मायाँ त् दुइतर्फी नै थियो हाम्रो, तिम्रो चोलीको जस्ता बोलका ६ ओटा गीतहरु समावेश भएका छन् । जसमा डा. भोला रिजाल, कृसु क्षेत्री श्याम पराजुली तथा गायक हिमाल सागरका शब्दहरु रहेका छन् । नयाँ एल्बममा रहेको तिम्रो रुप देखेर बोलको गीत पनि निकै चर्चित बन्न पुगेको छ । कृसु क्षेत्रीको संगीत तथा हिमाल सागरको स्वरमा रहेको यस गीतको म्यूजिक भीडीयोलाई अर्जुन अधिकारीले निर्माण गरेका हुन् भने दिनेश कार्की, नन्दिता के.सी. र हिमाल सागरले अभिनय गरेका छन् ।
सोहि एल्बममा रहेको चर्चित गीत “मायाँ कहिले मुस्कुराउने कहिले रिसाउने आगो जस्तो दन्किएर कहिले सल्किने” बोलको गीतको पनि म्यूजिक भीडीयो सार्वजनिक हुनु भन्दा अगाडी नै जनमानसमा लोकप्रिय भैसकेको थियो । उक्त म्यूजिक भीडीयोमा हिमाल सागर र केकी अधिकारीले अभिनय गरेका छन् भने डा.भोला र शब्द तथा गायक हिमाल सागरकै संगीत रहेको छ । अर्जुन अधिकारीको निर्देशनम तयार गरिएको यस म्यूजिक भिडियोलाई युट्युब मार्फत एसियन म्यूजिकले सार्वजनिक गरेको छ । बिगतका एल्बमहरु जस्तै उक्त नयाँ एल्बमले पनि सफलता पाउने गायक हिमाल सागरले बताएका छन् ।
हेर्नुस भिडियो :
via IFTTT
from SHYANE http://ift.tt/2dIWMwM
via IFTTT
0 comments:
Post a Comment