Photo of Milford Sound in New Zealand

नेपालि सांगीतिक क्षेत्रमा मेलिना राई उदयीमान गायिकाको नाम हो । पाश्र्वगायनमा जम्दै गरेको मेलिना को  गीतहरुले अहिले नेपाली संगीत बजारमा राम्रो छाप छोडेका छन् र चलेका छन् अनि चर्चा मा छ । संगीत क्षेत्रमा संघर्ष गरिरहेकी उनी सांगीतिक पृष्ठभूमिबाट नै उदाएकी गायिका हुन् । सानै उमेरदेखि संगीतलाई बुझेकी उनी यहि क्षेत्र लाई नै आफ्नो भबिष्य ठानेकी छिन् । पहिलो एल्बम ‘बहार’ बाट सफलता पाएकी मेलिना संगीत क्षेत्रमै योजनाबद्ध रुपले अघि बढ्ने उनको सोच छ । उनको पुख्र्यौली थलो खोटाङ हो । जन्म दार्जिलिङको कस्र्याङमा भयो । भारतको दार्जिलिङमा उनको मामाघर, त्यहीँ बाल्यकाल बिताएकी मेलिना आफ्नै बुबाको संगीत शिक्षाले गायनमा निखारिएकी हुन् । उनको मूल घर भने मोरङ हो । हाल उनी काठमाडौँमा मा बसेर संगीत यात्रा गरिरहेकी छिन ।
उनले अहिलेसम्म एक सय पचास भन्दा बढी गीत गाईसकेकि छिन र अझै गाउने क्रम निरन्तर चलिरहेको छ । गायिका मेलिना को स्वर मा रहेका गीतहरु अहिले युट्युबमा छ्याप छ्याप्ती भईसकेको छ । ‘पलभरमै खुशी’, ‘डुब्दै गएँ म’, ‘माया मलाई’, ‘छाडी जाने भए जाऊ मायालु’ उनका रुचाइएका गीत हुन् । उनले सबै भन्दा अगाडि युट्युब बाट सार्बजनिक गरेको गीत ‘छाडी जाने भए जाउ मायालु’ बोलको गीत हो । अडियोको प्रमोसनका लागि लिप्सिङ भिडियो बनाएर हालिएको थियो । त्यो भन्दा अगाडि युट्युबमा मेलिना राई सर्च गर्दा केही पनि पाईदैन थियो । पछि भिडियो बढ्दै गयो र उनको चर्चा पनि निकै हुदै गयो । तर उनलाई देशविदेश, गाउँशहर र कुनाकन्दरा तिर चिनाउने गीत भनेको फिल्म ‘नाइँ नभन्नू ल–३’ को ‘कम्मर माथि पटुकी’ नै हो । यही गीतका माध्यमबाट नेपाल र नेपाल बाहिर पनि विभिन्न कार्यक्रम हरु मा मेलिना को माग बढ्दै गयो ।
 धेरै नयाँ गायक–गायिकाले फिल्ममा ‘ब्रेक’ पाउन निकै संघर्ष गर्नुपरेको बताउँछन् । तपाईंले चाहिँ कसरी अवसर पाउनुभयो ? भन्ने प्रश्न मा उनि भन्छन "मलाई ‘बेबी आई लभ यू’ भन्ने गीत असाध्यै मन पथ्र्यो । रोमान्टिक थियो । बुझ्दै जाँदा यो गीतको संगीत ताराप्रकाश लिम्बूले गर्नुभएको रहेछ । त्यसपछि म उहाँको फ्यान भएँ । मैले उहाँलाई फेसबुकमा ‘एड’ गरेँ । मैले ‘म मेलिना राई, गीत गाउँछु’ भनेर आफ्नो परिचय दिएँ । उहाँले ‘नाम सुनेको छु, भेटौँ न त’ भन्नुभयो । त्यसपछि मैले भेटेँ । उहाँले सुरुमा मलाई सोसाइटी एफएमको जिंगल गाउने मौका दिनुभयो । मेरो भोकल उहाँलाई मन परेछ । त्यसपछि एकदुईवटा कलेक्सन एल्बममा पनि गाउन दिनुभयो । अनि, ‘नोभेम्बर रेन’मा सेकेन्ड लिड गायिकाका रूपमा गाउने अवसर मिल्यो । 
 त्यस्तै तपाईंलाई धेरैले चिनेको ‘कम्मरमाथि पटुकी’बाट हो । यो गीत गाउने अवसर चाहिँ कसरी जुर्यो नि ? भन्ने अर्को प्रश्न मा मेलिना भन्छिन मैले ‘नयन’ नामको कलेक्सन एल्बममा ताराप्रकाश लिम्बूको संगीतमा गाएको थिएँ । सोही एल्बममा संगीतकार वसन्त सापकोटोले पनि संगीत गर्नुभएको रहेछ । एल्बमको विमोचनमा हामी सबै पुगेका थियौँ । त्यहाँ मैले गाएको म्युजिक भिडियो देखाइएको थियो । वसन्त सरलाई मेरो स्वर मन परेछ । उहाँले सोही हलबाट संगीतकार ताराप्रकाशलाई फोन गरेर मेरो बारेमा सोध्नुभएछ । म त्यहीँ नजिकै थिएँ । अनि, तारा दाइले मलाई चिनाइदिनुभयो । वसन्त सरले ‘नानी तिम्रो स्वर एकदम राम्रो लाग्यो, तिमीलाई सुहाउने खालको एउटा गीत छ, भोलि नै डमी लिन आऊ’ भन्नुभयो । यसरी नै यो गीत गाउने मौका जुरेको हो ।
 सुन्दरताले धनि हेर्दा पनि मोडल जस्तो लाग्ने मेलिना को मन पर्ने ठाउ मा इलाम, पोखरा, दर्जिलिङ हो भने भक्तराज आचार्य, जगजित सिङ, जगदीस  समाल उनको मनपर्ने गायक को सुचीमा पर्नु हुन्छ l त्यस्तै उनको मनपर्ने गायिका मा अरुणा लामा, साधना सरगम, प्राश्ना शाक्य मनपर्ने नायक मा दया हाङ राई, आमिर खान हुन् भने मनपर्ने नायिकामा चाही नम्रता श्रेष्ठ , प्रियंका चोपडा पर्छिन l प्रेम सम्बन्ध को बारे मा कुरा कोट्याउदा उनि भन्छिन कुनै कुनै केटा मन त पर्छ नि । कोही कोही त यति मन पर्छन् कि भन्न मात्र सकिन्न । तर, जो मन पर्छ उसको र मेरो बाटो नै फरक भइदिन्छ । मेरो लक्ष्य नै फरक भइदिन्छ । कसैको व्यवहार मन पर्छ । तैपनि आफूलाई सम्हाल्छु । किनकि, दायाँबायाँ नगरी शिखरमा पुग्नु छ ।
अर्को रमाईलो प्रश्न तपाईंको भबिष्य मा हुनेवाला श्रीमान् कस्तो होस् भन्ने छ ? भन्दा ह्यान्डसम होस् । आफू होची भए पनि ऊ चाहिँ अग्लो होस् । अनि मलाई धेरै नबोल्ने, गम्भीर र इमानदार टाइपको केटा मन पर्छ । चुलबुले केटामा फिटिक्क आँखा जाँदैन । पढाइ चाहिँ सामान्य भए पुग्छ । उनि यसो भन्छिन l उनले आफुलाई मन पर्ने कुराहरु भन्दै जादा कुरा पहिरन को आयो र पहिरन मा उनलाई खासै यहि भन्ने छैन, आफु लाई सुहाउदो भए हुन्छ भन्ने उनि सच्चा र खुल्ला किसिम को साथि मन पर्छ भन्छिन l आफु नेपालि भए पनि उनको मन पर्ने भाषा चाहि अंग्रेजी हो l सांगीतिक क्षेत्र कै कुरा गर्दा नेपाल मा निकै संगीतकार हरु हुनुहुन्छ, तपाईलाई चाही को मन पर्छ भन्दा मेलिना को रोजाई मा संगीतकार गोपाल योञ्जन पर्नुहुदो रैछ l त्यस्तै मनपर्ने बाजामा गितार, चाइनिज बासुरी, पियानो, मनपर्ने देश मा नेपाल त आफ्नै हो तर स्विजरल्याण्ड र सिंगापुर पनि मन पर्छ रे l आफु गायिका भए पनि मेलिना को मनपर्ने पेसा चाहि समाजसेवा, शिक्षण र ईन्जिनियरिङ् हो l रंगिन दुनिया मा रमाउने उनलाई रंगहरु मा चाहि सेतो, गाढा निलो र रातो पर्छ भने उनको मनपर्ने संगीत सुगम, पार्श्व र पप हो l   
क्रप सेन्डविच, मिक्स पिज्जा, म:म अनि आफ्नो आमाले पकाउनु भएको मासुको परिकार निकै स्वादिलो लाग्ने उनि उधौली-उभौली र तिहार मन पर्ने चाडपर्व भित्र पर्छ l चलचित्र मा भने उनको बेस्ट दर्पण-छाया, खामोशी र टाईटेनिक हो भने सात बार मध्ये कुन बार मन पर्छ भन्दा शनिवार र सोमबार भन्ने उनलाई गर्मि भन्दा जाडो मौसम नै मन पर्छ l खेलकुद मा पनि रुचि राख्ने उनि खालाड़ीमा संगीना वैध लाई आफ्नो मनपर्ने सुचिमा राख्छिन भने महिलालाई सम्मान दिन नसक्ने, खुट्टा तान्ने प्रवृति र बाहिर बोक्रो भित्र खोक्रो अनि देखावटी प्रवृति भएको मानिस मेलिनालाई पटक्कै मन पर्दैन l
हेर्नुस भिडियो :






via IFTTT

from SHYANE http://ift.tt/2ccNo39
via IFTTT
08 Sep 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top