– खुट्टालाई सफा र चम्किलो पार्न हेयर कन्डिसनर दलेर सेभ गर्ने गर्नुस् ।
– अनुहारलाई फ्रेस र चम्किलो बनाइराख्न हरेक दिन सातदेखि आठ घण्टासम्म सुत्ने गर्नुस् ।
– सेक्स गरेपछि अनिवार्य रूपले पिसाब फेर्ने गर्नुस् । यसो गर्दा पिसाबनलीमा इन्फेक्सन हुने जोखिम कम हुन्छ ।
– नेलपोलिसलाई चम्किलो पारिराख्न हरेक तीन अथवा चार दिनको अन्तरालमा पारदर्शी खालको क्लियर नेल पोलिस नङमा पोत्ने गर्नुस् ।
– झोलामा स्यानिटर प्याड, कपाल च्याप्ने क्लिप, फेस वाइप्स, सानो ऐना, क्रिम आदि सधँै बोक्ने गर्नुस् । यसले तपाईंलाई जति बेला पनि फ्रेस बनाइराख्न मद्दत गर्छ ।
– बेलाबेलामा भिटामिन डी र क्याल्सियमयुक्त ट्याबलेट डाक्टरको परामर्शमा खाने गर्नुस् । यी ट्याबलेटले तपाईंको कपाल र नङलाई बलियो र चम्किलो बनाइराख्न मद्दत गर्छन् ।
from SHYANE http://ift.tt/2aUWiDe
via IFTTT
0 comments:
Post a Comment