Photo of Milford Sound in New Zealand

१५ सय वर्ष अघिको ऐतिहासिक कथा माथि फिल्म बन्ने भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमकाबीच मिथिलाका राजा सलहेसको गाथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण गर्ने घोषणा भएको हो । 
भोर कम्पनी प्रा.लिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर भाव भएको व्यक्तित्व मानिन्छन् । उनलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवानका रुपमा पुजा गर्ने गर्छ । ‘लामो समयको रिसर्च पछि हामी फिल्म बनाउने निष्कर्षमा पुगेका हौं,’ फिल्मका निर्माता समेत रहेका रिसर्चर राजकुमार महतोले बताए ।
फिल्मलाई अमितेश साहले निर्देशन गर्ने भएका छन । उनको यो पहिलो फिचर फिल्म हुनेछ । भारतको दिल्लीस्थित एशियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनबाट फिल्म मेकिङ पढेका अमितेश सन् २००० देखि अडियो–भिज्युअल मिडियामा कार्यरत छन् । 
६० भन्दा बढी नाटकको निर्देशन गरिसकेका अमितेशले सर्ट फिल्म ‘कमला’बनाएका छन् । यो फिल्मले अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्ड समेत जितेको छ ।  करिब तीन करोड अनुमानित बजेट राखिएको यो फिल्मको छायांकन धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरड., झापा, चितवन र भारतका स्थानहरु हुने निर्माता महतोले जानकारी दिए । 
‘हामीकरिब ६ महिना प्रि–प्रडक्सनमा व्यस्त हुनेछौं,’ निर्देशक शाहले भने, ‘त्यसपछि मात्र फिल्मको सुटिङ थाल्नेछौं । एकवर्ष भित्रमा फिल्म रिलिज गरिसक्ने योजना छ ।’ यो फिल्मलाई अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा सहभागी गराउने उद्धेश्य रहेको उनले बताए । फिल्मलाई एक बर्ष भित्रैमा रिलिज गर्ने पनि निर्माण टिमले घोषणा गरेको छ ।
यो फिल्ममा सलहेस, रेशमा, कुसमा, दौना, करिकन्हा, मोतीराम, बुधेसर लगायत ऐतिहासिक पात्रहरुमात्र हुनेछन् । फिल्मका कलाकारहरु पक्का भइसकेका छैनन् । ‘यो ऐतिहासिक फिल्म भएकाले यसमा अभिनय गर्ने चरित्रहरु पनि ति पात्रहरुसँग मिल्नुपर्छ ,’ निर्देशक शाहले भने, ‘त्यसैले फिल्ममा रहने प्रत्येक पात्रहरुको स्केचिङ पश्चात त्यस अनुसारको कलाकारहरु अडिसनमार्फत छनौट गर्ने तयारीमा हामी छौं । कलाकारहरुको छनौट नेपाल र भारतकाविभिन्नप्रमुख स्थानहरुमा अडिसन मार्फत गर्नेछौं ।’ 
फिल्ममा कथा डा. राजेन्द्र विमल,  संवाद महेन्द्र मलगिंया र पटकथा निर्देशक शाहकै रहनेछ । त्यसैगरी फिल्ममा सुनिल–प्रवेशको संगीत, डा. विमल, अशोक दत्त र इश्वर दाहालको गीत रहने कार्यक्रममा जानकारी दिइयो । ऐतिहासिक फिल्म भएकाले भिएफएक्सको पनि प्रयोग गरिने निर्देशक शाहले बताए । 
भिएफएक्स सुपरभाइजर र स्टोरी बोर्डमा अनुपम शाह रहेका छन् । ‘मैले थुप्रै नेपाली फिल्ममा भिएफएक्स गरेको छु,’ कार्यक्रममा उनले भने, ‘तर, यो अरुभन्दा पृथक हुने देखिन्छ । सयौं वर्ष पुरानो कुरालाई यथार्थ ढंगमा देखाउनुपर्ने हुन्छ । मैले पहिलोपल्ट नेपाली फिल्ममा यो खाले भिएफएक्सको प्रयोग गर्ने मौका पाउदैछु ।’ पुरुषोत्तम प्रधानले खिच्ने यो फिल्मको मिडिया संयोजक अनिल यादव रहेका छन् ।



via IFTTT

from SHYANE http://ift.tt/2aYlmJB
via IFTTT
15 Aug 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top