Photo of Milford Sound in New Zealand

इन्धको बढ्दो खपत सँगै बढेको व्यवभार तथा धुवाँले वातावरणमा पारेका प्रभावलाई हेर्दा जो सुकै मानिसहरु पनि यो सोँच्दछन् की यदि पानीबाट गाडी चल्ने भए कस्तो होला ?
इस्तो सोँचाई कोरा कल्पना मात्रै लाग्नसक्छ । तर अब यो कल्पना तथा सपना मात्र रहेन, यथार्थ बनिसकेको छ ।
ब्राजिलको साओपाओलोमा रहने रिकार्डो एजवेडोइस नामका एक व्यक्तिले पानीबाट बाइक चलाइदिएका छन् ।
वेबपोर्टल आरटी नेटवर्कका अनुसार रिकार्डोले साधारण मोटरसाइकलमा मेकानिकल परिवर्तन गरी त्यसलाई पेट्रोलको साटो पानीले चल्ने बनाएका हुन् । यसको नाम टी पावर एच टू ओ राखेका छन्।  यसरी पानीले चल्ने बाइकको माइलेज पनि अचम्मसँगै उच्च छ । एक लिटर पानीले यो बाइकले ५ सय किलोमिटर यात्रा गर्न सकिन्छ ।
यो बाइक पूर्णरुपमा पर्यावरणमैत्री रहेकेा बताइएको छ । यसले कार्वनमोनोअक्साइडको साटो पानीको वाफ मात्र छाड्दछ ।
यो बाइक बनाउने युवा वैज्ञानिक रिकार्डोका अनुसार पानीबाट बाइक चलाउने प्रविधि बनाउनका लागि निकै आधारभूत प्रविधिको प्रयोग गरिएको छ । यो बाइकमा पानी भर्नका लागि ट्यांकी रहेको छ । यसमा पानी हालेपछि ब्याट्रीको माध्यमले पानीबाट हाइड्रोजन निस्कन्छ । सोही हाइड्रोजनले बाइकको इन्जिन चल्दछ ।
रिकार्डो अब आफ्नो बाइकलाई परीक्षणका लागि तयार पारेका छन् । यदि परीक्षण सफल भएमा यो परिवहन क्षेत्रमा नयाँ क्रान्ति हुनेछ ।


from SHYANE http://ift.tt/2bgmfg0
via IFTTT
13 Aug 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top