साउन ३० । रियो ओलम्पिकको पदक तालिकामा अमेरिकाको अग्रता कायमै छ । आज सातौं दिनको खेल चलिरहँदा अमेरिका २१ स्वर्ण पदकसहित शिर्ष स्थानमा रहेको छ ।
१३ स्वर्ण पदक जितेको चीन दोस्रो स्थानमा छ भने ९ स्वर्ण पदक जितेको बेलायत तेस्रो स्थानमा छ । ८ वटा स्वर्ण पदक बटुलेको जर्मनी चौथो स्थानमा आँउदा ७ स्वर्ण पदक जितेको जापान पाँचौं स्थानमा रहेको छ ।
रुस, अष्ट्रेलिया र दक्षिण कोरीयाले ६/६ वटा स्वर्ण पदक जितेका छन् । यसैगरी फ्रान्स, ईटाली र हंगेरीले ५/५ वटा स्वर्ण पदक जितेका छन् ।
हालसम्म ४१ राष्ट्रले स्वर्ण पदक जित्दा ६४ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।
from ARENA http://ift.tt/2aREHdt
via IFTTT
0 comments:
Post a Comment