Photo of Milford Sound in New Zealand

असार १९। अरहान्तकेशर सिंह र भावना सुनवारले ओलम्पिक डेका अवसरमा आयोजित स्क्वास प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन् ।
सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शनिबार भएको पुरुष फाइनलमा अरहान्तले अमृत थापा मगरलाई ११-५, ११-४ र १२-१० को सोझो सेटमा पराजित गरे । प्रज्ज्वलप्रकाश प्रधान र सुरज श्रेष्ठ तेश्रो भए ।
महिलाको उपाधि भिडन्तमा भावनाले विपना ब्लोनलाई ११-५, ११-३ र ११-५ को सीधा सेटमा हराइन् । सपना ब्लोन र डोल्मा लामा तेश्रो बने ।
नेपाल स्क्वास र्‍याकेट्स संघ तथा नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्ट्स फर अल कमिसनद्वारा संयुक्त आयोजित प्रतियोगितामा अमिर ब्लोनले यु-१७ ब्वाइज सिंगल्स उपाधि जिते । उनले फाइनलमा माधव बाहेटीलाई ११-५, ७-११, ११-८ र ११-४ को सेटमा पाखा लगाए ।
भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्समा सुदीपबहादुर सिंह पहिलो भए । उनले फाइनलमा किशोर महर्जनलाई ११-६, ११-४ र ११-५ ले पाखा लगाए ।
असार ९ गतेदेखि सुरु प्रतियोगितामा ६२ खेलाडीले विभिन्न चार स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।



from ARENA http://ift.tt/29fP7F0
via IFTTT
02 Jul 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top