Photo of Milford Sound in New Zealand

असार २२।  नेपालले बंगलादेशको राष्ट्रिय टोलीसँग दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल खेल्नेभएको छ ।

एन्फाले जारी गरेको बिज्ञप्तिमा आगामी असार ३१ र साउन २ गते नेपाली राष्ट्रिय टोलीले बंगलादेशसँग उसैको मैदानमा दुई मैत्रिपूर्ण खेल खेल्नेछ । तर कुन रंगशालामा खेल्ने भन्नेबारे निश्चित भइनसकेको एन्फाले जानकारी दिएको छ ।

नेपालले आगामी नोभेम्बर २ देखि १५ सम्म आयोजना हुने एएफसी सोलिडारिटी कपमा सहभागिता जनाउँदैछ । त्यसका लागि जापानी प्रशिक्षक ग्यातुकी कोजीले टोलीलाई प्रशिक्षण दिइरहेका छन् । नेपाल र बंगलादेशबीचको यो खेल त्यही प्रतियोगिताका लागि तयारीको रुपमा हेरिएको छ ।

नेपाली राष्ट्रिय टोली गत पुसमा भारतमा सम्पन्न साफ च्याम्पियनसीपपछि अन्तर्राष्ट्रिय प्रतियोगिता बिहीन छ । त्यसयता नेपालले मलेसियाको अण्डर २२ टोली तथा लाओसको राष्ट्रिय टोलीबिरुद्ध मरुैत्रिपूर्ण खेल खेलेको थियो ।



from ARENA http://ift.tt/29hGJUv
via IFTTT
05 Jul 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top