Photo of Milford Sound in New Zealand

जेठ २८ । युरोपियन फुटबलको सर्वाधिक ठूलो प्रतियोगिता युरोकप फुटबलको १५ औं संस्करण आजबाट फ्रान्समा सुरु हुँदैछ ।
मिनी विश्वकपको रुपमा लिइने यो प्रतियोगिताको उद्घाटन खेलमा आज राति पौने एक बजे आयोजक फ्रान्सले रोमानियाको सामना गर्नेछ ।
यसपटकदेखि प्रतियोगितामा २४ टोलीलाई समावेश गरिएको छ । फ्रान्सका विभिन्न १० शहरमा हुने प्रतियोगितामा सहभागि राष्ट्रलाई ६ समुहमा विभाजन गरिएको छ ।
समुह ए मा आयोजक फ्रान्ससँगै रोमानिया, अल्बानिया र स्विट्जरल्याण्ड रहेका छन् । यसैगरी समुह बी मा इङ्ल्यान्ड, रुस, वेल्स र स्लोभाकिया रहेका छन् भने समुह सी मा जर्मनी युक्रेन, पोल्याण्ड र नर्दन आयरल्याण्ड छन् । यस्तै समुह डी मा स्पेन, चेक गणतन्त्र, टर्की र क्रोएसिया रहेका छन् भने समुह ई मा बेल्जियम, ईटाली, आयरल्याण्ड र स्विडेन छन् । समुह एफ मा पोर्चुगल, आईसल्याण्ड, अष्ट्रिया र हंगेरी रहेका छन् ।
प्रत्येक समुहका विजेता र उपविजेतासँगै तेस्रो स्थानमा रहने ६ टोलीमध्येबाट उत्कृष्ट चार टोली प्रि क्वाटरफाईनलमा पुग्नेछन् ।


from ARENA http://ift.tt/1XJXLRx
via IFTTT
09 Jun 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top