विभिन्न बहुमुल्य धातु जडित फोन भन्दा पनि यो स्मार्ट फोन बेग्लै किसिमको छ। आम प्रयोगका सामान्य फोनहरुको मूल्य भने सामान्य मानिसले पनि खरीद गर्नसक्ने स्तरको रहँदै आएको छ । तर इजरायलको एक स्टार्टअप कम्पनीले भने हालै सामान्य मानिसले आँट्न नसक्ने तर आम प्रयोगका लागि लक्षित गरी दुनियाकै अहिलेसम्मकै महंगो स्मार्टफोन बनाएको छ ।
इजरायली कम्पनी सिरिन ल्याब्सले विश्वको सबैभन्दा महंगो स्मार्टफोन सोलारिन सार्वजनिक गरेको हो । यो स्मार्टफोन एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने बहुमुल्य फोन हो । यसको मूल्य १४ हजार अमेरिकी डलर अर्थात् झण्डै १५ लाख रुपैयाँ रहेको छ ।
रोल्स रोयस अफ स्मार्टफोन उपमा दिइएको यो स्मार्टफोन हालै लण्डनमा आयोजित एक समारोहका बीच सार्वजनिक गरियो । स्मार्टफोन सार्वजनिक गर्ने कार्यक्रममा हलिउडका चर्चित कलाकारहरु लियोनार्दो डिक्यापि्रयो तथा टम हार्डी लगायतका चर्चित कलाकार उपस्थित थिए ।
आफ्नो मूल्य जस्तै यो स्मार्टफोनको वजन पनि अलिक बढि छ । यो स्मार्टफोनको वजन २५० ग्राम रहेको छ । यो स्मार्टफोनमा अहिलेसम्मकै सबैभन्दा अत्याधुनिक गोपनीयता तथा स्ामर्टफोन सुरक्षाको प्रविधि प्रयोग गरिएको दाबी गरिएको छ । यो स्मार्टफोन तिन रंगमा उपलब्ध छ । यो स्मार्टफोनका अन्य फिचर्स निम्नानुसार छन्ः
५.५ इनचको आइपिएस डिस्प्ले, टू के रिजोलुसन२३.८ मेगापिक्सेलको मुख्य तथा ८ मेगापिक्सेलको सेल्फी क्यामरा४ जिबी र्याम तथा १२८ जिबी स्टोरेजचिप टू चिप २५६ बिट एन्त्रिmप्सन । यो त्यस्तो प्रकारको कोडिंग हो जुन प्रकारले सेनाहरु आफ्नो संचारलाई सुरक्षित राख्न प्रयोग गर्दछन् ।फिजिकल स्विचका माध्यमबाट एक्टिभेट हुनेक्वालकम स्नापड्रागन ८१० प्रोसेसर४०४० मिलिएम्पियर आवर क्षमताको ब्याट्री
from SHYANE http://ift.tt/1tbaqzX
via IFTTT
0 comments:
Post a Comment