Photo of Milford Sound in New Zealand

जेठ २७ । हाइटीलाई हराउँदै ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो पारेको छ ।
बिहीबार बिहान भएको खेलमा ब्राजिलले क्यारेबियन प्रतिद्वन्द्वी हाइटीलाई ७-१ ले हरायो । खेलको पहिलो हाफमा तीन गोल गरेको ब्राजिलले दोस्रो हाफमा चार गोल थप्यो ।
ब्राजिलका लागि फिलिप कौटिन्होले ह्याट्रिक गरे भने रेनाटो अगष्टोले दुई गोल गरे । यसैगरी ग्याब्रिएल र लुकास लिमाले एक–एक गोल गरे ।
हाईटीका जेम्स मार्सेलीनले एक सान्त्वना गोल फर्काए । जितसँगै ब्राजिलले समूहका दुई खेलबाट ४ अंक जोड्दै क्वाटरफाइनल पुग्ने सम्भावना बलियो पारेको छ । उता हाईटी भने एक खेल खुल्नुअघि नै समुह चरणबाटै बाहिरिएको छ ।
कोपा अमेरिका फुटबलअन्तर्गत समुह बी कै अर्को खेलमा अहिले ईक्वेडर र पेरु भिड्दैछन् । पेरुले पहिलो खेलमा हाईटीलाई हराएको थियो भने ईक्वेडर ब्राजिलसँग बराबरीमा रोकिएको थियो ।


from ARENA http://ift.tt/1PicyKu
via IFTTT
08 Jun 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top