असार 16 । ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा लुम्बिनी फुटबल क्लबलाई ‘टाइब्रेकर’मा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
निर्धारित् ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि सीधै टाइब्रेकरमा निर्णय भएको खेलमा आर्मी ३–१ ले विजयी भएको हो ।
यसअघि, खेलको छैटौं मिनेटमा जनोमलाल लिगलले गोल गर्दै लुम्बिनीलाई प्रारम्भिक अग्रता दिलाएपनि त्यसपछि भने प्रेजेन तामाङले गोल गर्दै आर्मीलाई बराबरीमा ल्याएका थिए ।
१२ टिमले सहभागिता जनाएको प्रतियोगिताको उपाधि जितेसँगै आर्मीले तीन लाख तथा उपविजेता लुम्बिनीले डेढ लाख रुपैयाँ पुरस्कार पाएको छ ।
त्यस्तै, व्यक्तिगततर्फ गोलकिपरमा संकटा क्लबका सुशील बस्नेत, डिफेन्डरमा आर्मीका सुमन अर्याल, मिडफिल्डरमा लुम्बिनीका दामोदर थापा क्षेत्री, फरवार्डमा लुम्बिनीकै जनोमलाल लिगल तथा प्रशिक्षकमा आर्मीका चक्र तामाङ उत्कृष्ट घोषित भएका छन् ।
व्यक्तिगततर्फका उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
from ARENA http://ift.tt/293GQCs
via IFTTT

Related Posts
बार्सिलोना हारबाट मुस्किलले जोगियो, अन्तिम समयमा मेस्सीले गरे गोल
31 Mar 20180https://ift.tt/2GZsgxS१८ चैत, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट मुस्किलले जोगिएको...Read more »
म्यानचेस्टर सिटी उपाधि नजिक
31 Mar 20180https://ift.tt/2E6ZfNL१८ चैत, काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिक पु...Read more »
डीएपीएलको उद्घाटन खेलमै साहब आलमको हृयाट्रिक
31 Mar 20180https://ift.tt/2J5sjJ8 १७ चैत, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उद्घाटन खेलमै काठमाड...Read more »
क्रिकेट रंगशाला बनाउन जग्गा खोज्दै धुर्मुस
31 Mar 20181https://ift.tt/2GL3jc0 १७ चैत, काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनले क्रिकेट रंगशाला निर्माणका लागि...Read more »
सलाहको गोलसँगै लिभरपुल विजयी
31 Mar 20180https://ift.tt/2J90YpE १७ चैत, काठमाडौं । मोहम्मद सलाहको गोलसँगै लिभरपुलले इंग्लिस पि्रमियर लिगमा क्...Read more »
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.