Photo of Milford Sound in New Zealand

असार ३ । इक्वेडरलाई पराजित गर्दै संयुक्त राज्य अमेरिका कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।
अमेरिकामा आज बिहान सम्पन्न क्वाटरफाईनल खेलमा घरेलु टोली अमेरिका २–१ ले विजयी भयो । खेलको २२ औं मिनेटमा क्लिन्ट डेम्पसेले अमेरिकाको लागि पहिलो गोल गरे ।
५२ औं मिनेटमा अमेरिकाका जेमाईन जोन्स र ईक्वेडरका एन्टोनियो भ्यालेन्सिया रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुबै टोली १० जनामा समेटिएका थिए । ६६ औं मिनेटमा घ्यासी जार्देशले एक गोल थप्दै अमेरिकाको अग्रता दोब्बर पारे । ७४ औं मिनेटमा मिचेल अरोयाले एक गोल गर्दै इक्वेडरलाई खेलमा फर्काउने प्रयास गरे । यसपछि इक्वेडरले गोल थप्न नसक्दा अमेरिका २–१ ले विजयी भयो ।
जितसँगै जर्मन प्रशिक्षक यर्गेन क्लिन्सम्यानको प्रशिक्षणमा रहेको अमेरिका प्रतियोगिताको सेमिफाईनलमा पुग्ने पहिलो टोली बनेको छ ।


from ARENA http://ift.tt/1QaFp9t
via IFTTT
17 Jun 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top