Photo of Milford Sound in New Zealand

जेठ २४। सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रथम वीर गणेशमान कप राष्ट्रिय खुला महिला/पुरुष ह्याण्डबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ ।
राजधानीमा भएको पुरुष फाइनलमा सशस्त्रले हिमालयन क्लबलाई २४–२३ को झिनो गोल अन्तरले पराजित गर्‍यो । विजयी टिमका लागि बिमल भाटले ८ गोल गरे भने हिमालयनका बासु गुरुङले ९ गोल गरे ।
बासु उत्कृष्ट खेलाडी चुनिए । बासुले प्रतियोगिताभर सर्वाधिक ३७ गोल गरे ।
उपाधिसँगै सशस्त्रले २५ हजार तथा हिमालयनले १५ हजार नगद पुरस्कार जितेको छ ।
सदाबहार खेलकुद समाजले आयोजना गरेको प्रतियोगिताको महिला फाइनलमा सशस्त्रले त्रिभुवन आर्मी क्लबलाई २७–११ ले हरायो । सशस्त्रको जितमा उत्कृष्ट खेलाडी घोषित बन्दना राईले सर्वाधिक ८ गोल गरिन् ।
आर्मीकी रामकुमारी चौधरीले ४ गोल गरिन् ।
उपाधिसँगै सशस्त्रले १५ हजार तथा आर्मीले १० हजार रुपैयाँ पायो । चारदिने प्रतियोगिताको पुरुषमा ६ तथा महिलामा ३ टिम सहभागी थिए ।


from ARENA http://ift.tt/1ZqhL8K
via IFTTT
05 Jun 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top