यसका फाइदा : घरमा तयार पारिएका यस्ता होम प्याकबाट कालोपोतो, सुख्खापन, तैलीय र छाला चाउरी पर्ने आदि हटाउन मद्दत गर्छ ।
केही टिप्स :
१. काँक्रो अथवा गाँजरको रसमा एकदेखि दुई चम्चा अण्डाको पहेंलो भाग र आधा चम्चा मह मिसाएर फेसप्याक लगाउनाले नर्मल छालाका लागि राम्रो हुन्छ ।
२. पुदिना र तुल्सी मिसाएर प्याक लगाउँदा पनि छालाका लागि फाइदा हुन्छ ।
३. एक चम्चा ओलिभ आयलमा दुई चम्चा दुधको तर मिसाएर अनुहारमा लगाई २० मिनेट छाडिदिने र मनतातो पानीले धुनाले सुख्खा छालाका लागि फाइदा हुन्छ ।
४. आधा चम्चा महमा एक चम्चा दुधको तर अथवा काँचो दुध र बदामको पेष्ट मिसाएर प्याक बनाई लगाउने र मनतातो पानीे धुनाले सुख्खा छालाका लागि फाइदा हुन्छ ।
५. अण्डाको सेतो भागमा २–४ थोपा कागतीको रस मिसाई प्याक लगाउनाले ओइली छाला (तैलीय छाला) लाई राम्रो हुन्छ ।
६. आवश्यकता अनुसार मुल्तानी माटोमा एक चम्चा गोलभेंडाको रस र ३–४ थोपा कागतीको रस मिसाएर प्याक लगाउँदा तैलीय छालालाई फाइदा हुन्छ ।
७. अण्डाको पहेंलो भागमा एक चम्चा जैतुनको तेल, ३–४ थोपा कागतीको रस १–४ चम्चा मह, २–३ चम्चा गहुँको पिठो, २–३ चम्चा पाउडर दुध मिसाएर प्याक तयार गर्ने र लगाएपछि सुख्खा छालाका लागि १० मिनेट, सामान्य छालाका लागि १५ मिनेट र तैलीय छालाका लागि २० मिनेट राखी धुनुपर्छ ।
८. अण्डाको सेतो भागमा एक चम्चा पाउडर दुध र काँक्रो मिसाएर पेष्ट बनाउने र प्याकको रुपमा प्रयोग गरी मनतातो पानीले धुनाले छालामा चमक आउँछ ।
from SHYANE http://ift.tt/1U5csKv
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.