Photo of Milford Sound in New Zealand

वैशाख २७ । भारतमा जारी आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्सले अहिलेसम्मकै फराकिलो हार बेहोरेको छ ।
आइतबारको खेलमा सनराइजर्स हैदराबादसँग मुम्बई इन्डियन्स ८५ रनले पराजित भएको हो ।
१७८ रनको चुनौती पछ्याएको मुम्बईले १६ ओभर ३ बलमै अलआउट हुँदै ९२ रनमात्र बनाएको थियो । मुम्बईका लागि हरभजन सिंहले सर्वाधिक २१ रन बनाए । मुम्बईको इनिङ्गलाई ध्वस्त पार्ने क्रममा आशिष नेहरा र मुस्तफिजुर रहमानले समान ३–३ विकेट लिए ।
यसअघि हैदराबादले पहिले ब्याटिङ्ग गर्दै शिखर धवनको अविजित ८२, डेभिड वार्नरको ४८ तथा युवराज सिंहको ३९ रनको मद्दतले ३ विकेटको क्षतिमा १७७ रन बनाएको थियो ।
९ खेलबाट पाँच जित र चार हार व्यहोरेको मुम्बई अंक तालिकाको पाँचौं नम्बरमा छ । हैदरावाद भने ८ खेलबाट पाँच जित र तीन हार व्यहोर्दै चौथो नम्बरमा रहन सफल भएको छ ।


from ARENA http://ift.tt/1WhLBOe
via IFTTT
08 May 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top