Photo of Milford Sound in New Zealand

वैशाख २० । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राइजिङ पुणे सुपरजाइन्ट्सको छैठौं पराजय र मुम्बई इन्डियन्सको पाँचौं जित एकसाथ भएको छ ।
गएराति यी दुई टिमबीच भएको प्रतिश्पर्धामा मुम्बई इन्डियन्स आठ विकेटले विजयी भएको हो । जितसँगै जारी प्रतियोगितामा मुम्बईले आफ्नो पक्षमा नतिजा ल्याएको पाँचौं पटक हो भने पुणेले छैठौं पराजय व्यहोरेको हो । अहिलेसम्म मुम्बईले नौ खेल खेलिसकेको छ भने पुणेले ८ खेलबाट दुईवटामा मात्र जित हासिल गरेको छ ।
पुणेले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १५९ रन बनाएको थियो । पुणेका लागि सौरभ तिवारीले सर्वाधिक ५७ रन बनाए । त्यसैगरी स्टेभन स्मिथले ४५, महेन्द्रसिंह धोनीले २४ र थिसारा परेराले १२ रन बनाए । यसअतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रनको योगदान गर्न सकेनन् ।
१६० रनको लक्ष्य पाएको मुम्बईले ९ बल बाँकी छँदै जित हात पारेको हो । कप्तान रोहित शर्माले अविजित ८५ रन बनाए भने पार्थिव पटेलले २१, अम्बाती रायडुले २२ र जोस बटलरले २७ रन बनाए ।


from ARENA http://ift.tt/1NNGwut
via IFTTT
01 May 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top