मोबाइल रातभर चार्ज गर्दा ब्याट्री पडकिन्छ रे ! बिमानभित्र मोबाइल प्रयोग गर्यो भने बिमानले कता जाने भन्ने बाटो पत्ता लगाउन सक्दैन रे !
सम्भवत तपाइँले फेसबुकका पोष्टहरु, साथीका गफमा स्मार्टफोनबारे यस्ता केही मान्यताहरु सुन्नुभएको होला । धेरैले भनेको सुनेपछि तपाइँले यस्तै कुरामा बिश्वास पनि गर्नुहुन्छ होला र रातभर मोबाइल चार्ज गर्न पनि डराउनुभएको होला ।
तर, वास्तवमा स्मार्टफोनबारे निकै चर्चित केही मान्यताहरु केवल हल्लामात्र हुन् त्यसको कुनै बैज्ञानिक आधार छैन् ।
आज हामीले तपाइँलाई यस्तै सातवटा हल्लाबारे जानकारी दिँदै छौं जुन पूर्णत हल्ला हुन् तर तपाइँले हजारौंपटक सुनेका कारण सत्यझैं लाग्न सक्छ ।
बास्तविकताः आधुनिक हवाइजहाजमा मार्गदर्शन र सञ्चार प्रणाली अविश्वसनीय रुपमा परिस्कृत भइरहेको छ । यतिसम्म कि मोवाइल फोनको प्रयोगले जहाजलाई कुनै असर गर्ने छैन ।
बास्तविकताः इन्धन प्रज्वलनशील पदार्थ हो । यसलाई सानो झिल्कोद्वारा प्रज्वलित गर्न सकिनेछ । तर आगोको झिल्को सलाई, लाइटर वा विजुली सर्ट भएर निस्कने कुरा हो, मोवाइलबाट त होइन नी ! यद्यपी कुनै बिग्रिएको फोनमा ब्याटि्र सर्ट भएर आगोको झिल्का निस्कन सक्छ । तर, अहिलेसम्म हामीले यस्तो कारणले पेट्रोलपम्पमा आगलागी भएको सुनेका छैनौं ।
बास्तविकताः रिचार्जेबल ब्याटि्रजडित सबै आधुनिक उपकरणहरुमा सुरक्षा सर्किट जडान गरिएको हुन्छ । जसले उपकरणलाई ड्यामेज हुनबाट जोगाउँछ । ब्याट्रि एकपटक फुल चार्ज भइसकेपछि पावर एडप्टरले स्वतः चार्ज बन्द गराउँछ ।
बास्तविकताः कुनैपनि सेलफोन, ल्यापटप वा ब्याट्रिबाट सञ्चालित कुनैपनि डिभाइस होस्, ब्याटि्र कति टिक्ने भन्ने कुरा त्यस डिभाइसले खपत गर्ने विजुलीसँग सम्बन्धित हुन्छ । र त्यो ब्याट्रीको क्षमता अनुसार कति समय टिक्छ भन्ने निर्धारण हुन्छ । धेरै क्षमताका ब्याट्री ठूलो साइजकै हुनुपर्छ भन्ने छैन् ।
बास्तविकताः धेरैजसो मोवाइल फोन ब्राउजरमा निजी तथा गुप्त मोडहरु हुन्छन । तर, यसले कुनैपनि किसिमको ट्रयाकिङ कुकिज अथवा इतिहासबाट सुरक्षा प्रदान गर्दैन । यसले तपाईंको पहिचान, सक्रियता र लोकेसनलाई लुकाउन सक्दैन । तपाईले प्रयोग गर्नुभएको इन्टरनेट सेवा प्रदायक कम्पनी (वाइफाई तथा जिएसएम) का अधिकारीहरु यसको पहुँचमा पुग्न सक्छन् ।
बास्तविकताः कहिलेकाहीँ चार्ज गरिरहेका बेला मोवाइल वा ट्याव्लेट प्रयोग गर्दा यदाकदा पड्किएका घटनाहरु हामीले सुनेका हुन्छौं । यो सत्य हो । तर अर्को सत्य कुरा के हो भने मोवाइल पड्किनुमा पूरै सेटको कुनै दोष हुँदैन । केबल ब्याटि्रमा आएको समस्याका कारण यस्तो हुन सक्छ ।
आमरुपमा मोवाइल पड्किनुको कारण कमजोर ब्याट्रि, नक्कली चार्जर लगायत नै हो । यदी तपाईंले बास्तविक ब्याटि्र र सक्कली चार्जरको प्रयोग गर्नुभो भने यस्ता समस्या तपाईहरुलाई हुने छैन् ।
बास्तविकताः कुनैपनि आधिकारीक मोवाइल फोन उत्पादक कम्पनीले फोन उत्पादन गर्नुभन्दा पहिले नै SAR (Specific Absorption Rating) परिक्षण अनिवार्य पास गर्नुपर्ने हुन्छ ।
त्यस परिक्षणको सर्टिफिकेट दिने बेलामै कम्पनीले यो ग्यारेन्टी गरिसकेको हुन्छ कि मानव जीवनलाई असर गर्ने कुनै विकिरणहरु मोवाइलबाट उत्सर्जन हुने छैन । त्यसैले मोवाइलबाट निस्कने कथित बिकिरण र बिरामीको बीचमा हुनै सम्बन्ध हुँदैन ।
from SHYANE http://ift.tt/1T4JVS7
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.