Photo of Milford Sound in New Zealand

चैत १५ । अष्ट्रेलियालाई हराउँदै आयोजक भारत विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मोहालीमा गएराति भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो । भारतको जितमा विराट कोहलीको अविजित ८२ रन महत्वपूर्ण रह्यो । १६१ रनको चुनौती पछ्याउने क्रममा भारतका लागि युवराज सिंहले२१ रन बनाए । अरु ब्याट्सम्यान भने क्रिजमा टिक्न सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन जोड्यो । पाहुना टोलीका लागि आरोन फिन्चले सर्वाधिक ४३ रन बनाए ।
जितसँगै सेमिफाईनलमा पुगेको भारतले अब अन्तिम चारको भिडन्तमा वेष्ट इन्डिजको सामना गर्नेछ । प्रतियोगिताको अर्को सेमिफाईनल खेलमा न्यूजिल्याण्ड र इंग्ल्याण्ड भिड्नेछन् ।


from ARENA http://ift.tt/25rCMob
via IFTTT
27 Mar 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top