Photo of Milford Sound in New Zealand

चैत ४  । शीर्ष वरीयताका खेलाडीहरु शिवराम श्रेष्ठ र सञ्जय लामा सूर्य नेपाल एनपीजीए म्याच प्ले गल्फ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा सुरु भएको प्रतियोगितामा आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै शीर्ष खेलाडीहरुले अन्तिम आठमा ठाउँ पक्का गरेका हुन् ।

नेपाल नम्बर एक शिवराम श्रेष्ठलेसञ्जीव नेपालीलाई ७–५ ले हराए । दोस्रो वरीयताका सञ्जय लामाले यलम्बर अधिकारीलाई ३–२ ले हराए ।

क्वार्टरफाइनलमा शिवराम श्रेष्ठले राम मगरसँग प्रतिस्पर्धा गर्नेछन् ।

राम मगरसँगै रवि खड्का, सूर्य शर्मा, दीपक थापामगर, भुवन नगरकोटी र धन थापा पनि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

क्वार्टरफाइनल र सेमिफाइनल खेलहरु बुधबार हुने छन् भने फाइनल खेल बिहीबार हुनेछ ।

प्रतियोगितामा अघिल्लो वर्षका शीर्ष १६ जना व्यावसायिक गल्फर सहभागी छन् ।


from SHYANE http://ift.tt/1UAYktw
via IFTTT
16 Mar 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top