Photo of Milford Sound in New Zealand

चैत १७ । पहिलो दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा जारी प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ ।

नेपालले मंगलबार बंगलादेशलाई ९२–२६ को फराकिलो अन्तरले पराजित गरेको हो । नेपालका लागि स्नेहा श्रेष्ठ एक्लैले२५ स्कोर गरिन् ।

प्रतियोगिताअन्तर्गत् पहिलो दिनको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १०६–३७ को फराकिलो अन्तरले पराजित गर्‍यो ।

नेपाल बास्केटबल संघको आयोजनामा जारी पाँचदिने प्रतियोगितामा दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता छ ।

दोस्रो दिन दिउँसो २ बजे भुटानले श्रीलंकासँग तथा अपराह्न साढे ४ बजे नेपालले माल्दिभ्ससँग खेल्ने कार्यक्रम छ । 


from ARENA http://ift.tt/1q0nh6s
via IFTTT
29 Mar 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top