Photo of Milford Sound in New Zealand

चैत ७।  पर्यटकीय जिल्ला इलामको प्रचारप्रसारका लागि नयाँ वर्ष २०७३ को अघिल्लो दिनदेखि तीन दिनसम्म इलाम पर्यटन महोत्सव मनाउने तयारी भएको छ ।
पर्यटनसँग सरोकार राख्ने इलामेली पर्यटन व्यवसायीले आन्तरिक तथा बाह्य पर्यटकलाई आमन्त्रण गर्दै इलाममा महोत्सव गर्ने भएका हुन् । पर्यटन, संस्कृति, खाना र जैविक विविधतालाई प्रमुख आकर्षणको केन्द्रमा राखेर महोत्सव गर्न लागेको आयोजकले जनाएका छन् ।
चैत ३० गतेदेखि वैशाख २ गतेसम्म इलाम चोक बजारमा ‘इलाम पर्यटन महोत्सव २०७३’ सञ्चालन गर्ने योजना छ । विगत तीन वर्षदेखि नयाँ वर्षमा इलाम उद्योग वाणिज्य संघ महिला उद्यमी एकाइले सडक महोत्सवको रूपमा महोत्सव सञ्चालन गर्दै आए पनि यो वर्ष त्यसलाई परिमार्जन गरेर जिल्लास्थित पर्यटनसँग सरोकार राख्ने निकायको संयुक्त आयोजनामा इलाम पर्यटन महोत्सव २०७३ सञ्चालन गर्न लागिएको हो ।
आयोजना गर्न १५ सदस्यीय महोत्सव मूल आयोजक समिति गठन गरिएको छ । सूर्योदय र सूर्यास्त, प्राकृतिक सौन्दर्यले रमणीय एवं मठमन्दिर र संस्कृतिले भरिपूर्ण रहेको पूर्वको पर्यटकीय नगरी जिल्ला इलामको पर्यटन प्रवद्र्धनमा थप मद्दत पुर्‍याउनका लागि महोत्सवको आयोजना गर्न लागिएको इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिका अध्यक्ष विजय राईले बताए ।
महोत्सवमा इलाम घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँका प्राकृतिक एवं धार्मिक पर्यटकीय क्षेत्रको अवलोकन गराई महोत्सवकै माध्यमबाट आगामी दिनमा इलाममा बढीभन्दा बढी पर्यटक भित्राउने उद्देश्यले पनि महोत्सवको आयोजना गर्न लागिएको समितिका महासचिव देवी पौड्यालको भनाइ छ ।
इलाममा धार्मिक पर्यटकीय स्थल गजुरमुखी धाम, माईपोखरी, पाथीभरासहित यहाँका अन्य मठमन्दिर र प्राकृतिक पर्यटकीय स्थल कन्याम, सन्दकपुर, श्रीअन्तु, शिद्धिथुम्कालगायतका स्थान पर्यटकीय दृष्टिले दर्शनीय रहेको हुँदा इलाम आइपुग्ने पर्यटकलाई घुम्ने ठाउँको अभाव नहुने राईले बताए ।
पुष्प मेला प्रदर्शनी, स्थानीय खानाका परिकार, जैविक विविधता तथा जडीबुटी अवलोकन, औद्योगिक मेला, सांस्कृतिक झाँकी र व्यावसायिक प्रतियोगिता महोत्सवका मुख्य आकर्षण हुन् । १० हजार पर्यटक भित्राउने लक्ष्यका साथ तीन लाखको लगानीमा महोत्सव सम्पन्न गर्ने लक्ष्य छ ।
महोत्सवको पहिलो दिन इलाम बसपार्क र इलाम नगरपालिका ९ स्थित बालन गाउँमा रहेको होमस्टेमा क्याम्प फायर सञ्चालन गरिने बताइएको छ । महोत्सव सञ्चालन गर्न बस व्यवसायी संघ इलामले २५ हजार दिने घोषणा गरिसकेको छ ।


from SHYANE http://ift.tt/1nYQjl9
via IFTTT
20 Mar 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top