Photo of Milford Sound in New Zealand

चैत १५ 
 । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रिपूर्ण खेलमा मलेसियाको २२ बर्ष मुनिको टोलीसँग बराबरीमै चित्त बुझाएको छ । मलेसियाको क्वालालम्पुरमा भएको खेल १-१ गोलको बराबरीमै सकिएको हो ।
खेलको ३७ औं मिनेटमा गोल गर्दै भरत खवासले नेपाललाई प्रारम्भिक अग्रता दिलाए पनि ८७ औं मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउँदैमलेसियाले गोल गरेको थियो ।
यो बराबरीले भने नेपालले अझै टिममा सुधार गर्नुपर्ने स्पष्ट भएको छ । यो खेललाई केही समयअघि नेपाली टोलीको जिम्मेवारी सम्हालेका जापानी प्रशिक्षक ग्योतोकु कोजीको परीक्षाको रुपमा लिइएको थियो । तर नेपाली टिमले भने यसअघिका खेलमा गर्दै आएको गल्तीलाई दोहोर्‍याएको छ ।
कोजीले यो खेल आफ्ना लागि नेपाली खेलाडी चिन्ने अवसर भएको बताउँदै टोलीमा अधिकांश युवा खेलाडी भएकाले उनीहरुमा सिक्ने, जित्ने र राम्रो फुटबल खेल्ने चाहना र क्षमता भएको बताएका छन् ।
बिराज महर्जनको कप्तानीमा मैदानमा उत्रिएको नेपाली टोलीमा बिमल घर्तिमगर, अञ्जन बिष्ट, अनन्त तामाङ, रोहित चन्दलगायतका केही प्रमुख खेलाडी भने उपस्थित थिएनन् ।


from ARENA http://ift.tt/1ofDdzX
via IFTTT
27 Mar 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top