Photo of Milford Sound in New Zealand

इन्टरनेट जाएन्ट गुगलले आफ्नो अनुवाद टुल्स गुगल ट्रान्सलेटमा थप १३ वटा विश्वभाषाहरु थप गरेको छ । यो सँगै गुगल ट्रान्सलेटबाट अब एक सयवटा विभिन्न भाषालाई एक अर्कामा अनुवाद गर्न सकिनेछ ।
गुगलले आफ्नो भाषा अनुवाद सेवामा थप गरेका भाषाहरुमा सिन्धी, हवाइ, अम्हारिक, कार्सिकन, प|mाइसियन, क्रिग्ज, कुर्दिश, लग्जम्बर्गिस, स्कट गेलिक्स, शोना, पाश्तो तथा खोसा लगायतका छन् ।
सन् २००६ मा रुसी, चिनिया तथा अरबी भाषाको अनुवादसँग लन्च भएको गुगल ट्रान्सेलटका प्रयोगकर्ता अहिले विश्वमा प्रत्येक महिना ५० करोड पुगिसकेका छन् र यसमा हरेक सेकेण्डमा एउटा शव्द अनुवाद भैरहेको छ । गुगलले यसलाई क्रोम, सर्च इन्जिन, जिमेल तथा यु ट्युबजस्ता आफ्ना अन्य सेवामा पनि आबद्ध गराइसकेको छ ।
गुगल ट्रान्सलेटका सिनियर प्रोग्राम म्यानेजर स्वेता केलम्यान भन्छिन् : विश्वमा मानिसहरुको संचार, सिकाइ, बसाइ तथा काम गराइको तरिकालाई इन्टरनेटले बदलिरहेको छ । तर वेब तबमात्र उपयोगी हुन्छ जब यसले तपाइँको भाषा बुझ्दछ । अनलाइन धेै भाषामा आएबाट मानिसहरुका लागि वेबको उपयोग पनि सहज हुनेछ ।


from SHYANE http://ift.tt/1oQzQAf
via IFTTT
02 Mar 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top