Photo of Milford Sound in New Zealand

चैत १८ । राजधानीमा जारी प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

पहिलो दिन बंगलादेशलाई ९२–२६ ले हराएको नेपालले ‘राउन्ड रोविन लिग’को दोस्रो खेलमा बुधबार माल्दिभ्सलाई ७७–३६ ले हरायो ।
नेपालको जितमा स्नेहा श्रेष्ठले २४ स्कोर गरिन् । स्नेहालेबंगलादेशविरुद्धको खेलमा २६ स्कोर गरेकी थिइन् ।
चौथो क्वार्टरमा १२–१७ ले पछि परेको नेपाल त्यसअघिका क्वार्टरमा भने निकै अगाडि थियो ।
नेपालले पहिलोमा २२–०, दोस्रोमा १९–१३ तथा तेस्रोमा २४–६ को अग्रता हासिल गरेको थियो ।
प्रतियोगितामा श्रीलंकाले पनि लगातार दोस्रो जित हासिल गरेको छ ।
पहिलो दिन माल्दिभ्सलाई हराएको श्रीलंकाले दोस्रो बुधबार दिन भुटानलाई ११२–३१ ले पराजित गर्‍यो ।
प्रतियोगिताअन्तर्गत् बिहीबार बंगलादेश र माल्दिभ्स तथा भुटान र नेपालबीचको खेल हुनेछ । 


from ARENA http://ift.tt/1M1LrY7
via IFTTT
30 Mar 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top