Photo of Milford Sound in New Zealand

फागुन २ । नेपाल १७ वर्षपछि दक्षिण एसियाली खेलकुद सागअन्तर्गतको फुटबलमा फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको नाटकीय सेमिफाइनलमा नेपालले माल्दिभ्सलाई ४–३ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेपालले सोमबार हुने फाइनलमा आयोजक भारतको सामना गर्ने छ ।
अतिरिक्त समयकोअन्तिम २ मिनेटमा नवयुग श्रेष्ठले ह्याट्रिक गर्दै नेपाललाई अविश्वसनीय जित दिलाएका हुन् । नेपालले पहिलो हाफमै लिएको २ गोलको अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो ।
भारत गुवाहाटीको इन्दिरा गान्धी रंगशालामा अञ्जन विष्टले १५ औं र नवयुग श्रेष्ठले ३६ औं मिनेटमा गरेको गोलमा नेपालले मध्यान्तरसम्म २–० को अग्रता लिएको थियो ।
मोहम्मद हामजाको गोलमा माल्दिभ्स ५२ औं मिनेटमा खेलमा फर्किएको थियो । अहमद नासिदले ८६ औं मिनेटमा गोल गरी निर्धारित समयको खेल २–२ को बराबरीमा टुंग्याए । थप ३० मिनेटको खेलको २५ औं मिनेटमा माल्दिभ्सले गोल गरेपछि नेपालको हातबाट खेल उम्किएको थियो ।
तर नवयुगले १ सय १८ र १ सय २० औं मिनेटमा गोल गर्दै नेपाललाई नाटकीय जित दिलाए । १२ औं सागमा नवयुगको यो दोस्रो ह्याट्रिक हो । उनले भुटानसँगको पहिलो खेलमा पनि ३ गोल गरेका थिए
नेपाल पछिल्लो पटक सन् १९९९ मा काठमाडौंमै भएको सागको फाइनलमा पुगेको थियो । भारतले शनिबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई ३–० ले पराजित गर्‍यो ।
फुटबलकै महिलातर्फ नेपाल यसअघि नै फाइनल पुगिसकेको छ । नेपालले हिजो भएको राउन्ड रोविनको अन्तिम खेलमा श्रीलंकालाई ४–० ले पराजित गर्‍+यो । महिला फुटबलको उपाधिका लागि नेपालले भारतको सामना गर्ने छ ।


from ARENA http://ift.tt/1obtifk
via IFTTT
13 Feb 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top