Photo of Milford Sound in New Zealand

माघ २२ । नेपाल यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

शुक्रबार बंगलादेशको मिरपुरमा भएको क्वार्टरफाइनलमा आयोजक राष्ट्र बंगलादेशसँग ६ विकेटले पराजित हुँदै नेपाल बाहिरिएको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै२ सय ११ रन जोडेको थियो ।

कप्तान राजु रिजालले ८० बलमा सर्वाधिक ७२ रनको योगदान दिए भने सुनील धमलाले २५, दीपेन्द्रसिंह ऐरी र प्रेम तामाङले समान २२ तथा आरिफ शेखले २१ रन जोडे ।

जवाफमा बंगलादेशले १० बल खेल्न बाँकी छँदै ४ विकेटको क्षतिमा विजय हासिल गर्‍यो ।

९८ रन जोड्दा ४ विकेट गुमाइसकेको बंगलादेशका लागि जाकिर हुसेन र मेहन्दी हसन मिराजबीच पाँचौं विकेटका लागि अविजित १ सय १७ रनको साझेदारी भएसँगै विजय हासिल गरेको हो ।

पहिलोपटक कुनैपनि विश्वकपको सेमिफाइनलमा पुगेको बंगलादेशका लागि हुसेनले ७५ तथा मिराजले ५५ रन जोडे ।

कमजोर बलिङ गरेको नेपालका लागि सुनील धमलाले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए भने एक खेलाडी रन आउट भएका थिए ।

प्रतियोगिताको समूह चरणमा न्यूजिल्यान्ड र आयरल्यान्डमाथि जित हासिल गरेको नेपाल भारतसँग पराजित भएको थियो ।

यसअघि, सन् २००० मा पहिलोपटक यु–१९ विश्वकपमा सहभागी हुँदा नै दोस्रोचरण पुगेको नेपाल त्यसपछि यसपटकमात्र क्वार्टरफाइनलमा पुगेको हो । 


from ARENA http://ift.tt/1QLVQ8P
via IFTTT
05 Feb 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top