फाल्गुन ३। नेपालले आज चीर प्रतिद्वन्दी भारतको सामना गर्दै छ । भारतमै जारी रहेको दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबल टिमले आज भारतसँग फाइनल खेल खेल्न लागेको हो ।
१७ वर्षपछि साग समिकरणको फाइनमा पुगेको नेपाल आज भारतलाई उसकै भूमीमा पराजित गर्न चाहन्छ ।
सेमिफाइनल भिडन्तमा माल्दिभ्सलाई अन्तर्राष्ट्रिय स्तरको खेल प्रदर्शन गर्दै पराजित गरेको नेपाल उच्च मनोबलमा रहेको छ । नेपाली टिमका प्रशिक्षक राजुकाजी शाक्यले भारतलाई उसकै भूमिमा हराएर च्याम्पियन बन्ने इच्छा रहेको भन्दै त्यो अवसर अहिले पाएको बताए । उनले भारत दक्षिण एसियाकै राम्रो टिम भएको र ‘होम ग्राउन्ड एडभान्टेज’ रहेको भएपनि खेलमा केहि भन्न नसकिने तर्क गरेका छन् ।
नेपालले यसअघि सन् १९८४ र १९९३ मा उपाधि जितेको थियो । खेल आज साझ सवा ७ बजे भारतको गुवाहटीस्थित इन्दिरा गान्धी स्टेडियममा खेलिने छ ।
from SHYANE http://ift.tt/20USzw5
via IFTTT
0 comments:
Post a Comment