Photo of Milford Sound in New Zealand

युट्युवले नेपाली दर्शकलाई लक्षित गरी नेपाल संस्करण सुरु गरेको छ । नेपाली दर्शकलाई मात्र लक्षित गर्दै आएको यो नेपाली संस्करणमा अब नेपालमा लोकपि्रय भइरहेका भिडियोहरु हेर्न सकिनेछ ।
युट्युवले मंगलबारदेखि नेपाली संस्करण सुरु गरेको । अब तपाइँले नेपालबाट युट्युव खोल्दा युट्युवको लोगोको छेउँमा सानो अक्षरमा एनपी लेखेको देख्न सक्नुहुन्छ ।
युट्युव सेवालाई स्थानीयकरण गर्दै जाने रणनीतिअनुसार गुगलले एकैदिन नेपालसहित पाकिस्तान र श्रीलंकामा समेत स्थानीय संस्करण सुरुवात गरेको जनाएको छ ।
नेपालबाट युट्युव खोल्ने प्रयोगकर्ताले नेपालमा लोकपि्रय भइरहेका भिडियोहरु ट्रेण्डिङ ट्याबमा गएर हेर्न सक्नेछन् । प्रयोगकर्ताको रुचीलाई अनुसन्धान गरी युट्युवले सिफारिसहरुसमेत देखाउने छ ।


from SHYANE http://ift.tt/1Zo0UCc
via IFTTT
14 Jan 2016

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top